BIZMANDU
www.bizmandu.com

नबिल बैंकले युनाइटेड फाइनान्स प्राप्ति गर्ने, युनाइटेडको १ सेयरबराबर नबिलको ०.३५ कित्ता

२०७८ बैशाख १७

नबिल बैंकले युनाइटेड फाइनान्स प्राप्ति गर्ने, युनाइटेडको १ सेयरबराबर नबिलको ०.३५ कित्ता
नबिल बैंकले युनाइटेड फाइनान्स प्राप्ति गर्ने, युनाइटेडको १ सेयरबराबर नबिलको ०.३५ कित्ता

Tata
GBIME
Nepal Life

काठमाडौं। नबिल बैंकले युनाइटेड फाइनान्स एक्वायर गर्ने भएको छ। बैंकले शुक्रबार प्राप्तिका लागि युनाइटेडसँग एमओयूमा हस्ताक्षर गरेको छ। नबिलका मर्जर संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेडका मर्जर संयोजक मनिष खेम्काले सम्झौतापत्रमा हस्ताक्षर गरे।

बैंक स्रोतका अनुसार नबिलले युनाइटेडलाई १:०.३५ को स्वाप अनुपातमा प्राप्ति गर्न लागेको हो । अर्थात्, प्राप्तिपछि युनाइटेड फाइनान्सको सय कित्ता सेयरबराबर नबिलको ३५ कित्ता कायम हुनेछ ।

नबिल बैंकले पहिलोपटक संस्था प्राप्ति गर्न लागेको हो। नबिल र युनाइटेड दुवै विदेशी संयुक्त लगानीका वित्तीय संस्था हुन्।

नबिलमा ५० प्रतिशत लगानी विदेशी छ भने युनाइटेडमा भारतको मुथूट फाइनान्सको लगानी छ।   

नबिलमा जस्तै युनाइटेडमा पनि चौधरी समूहको लगानी छ। युनाइटेडमा वसन्त चौधरीको लगानी छ।