BIZMANDU
www.bizmandu.com

चीनमा व्यापार बढ्दा एप्पलको आम्दानी दोब्बरले बढ्यो, फेसबुकको नाफा साढे ९ अर्ब डलर

२०७८ बैशाख १६

चीनमा व्यापार बढ्दा एप्पलको आम्दानी दोब्बरले बढ्यो, फेसबुकको नाफा साढे ९ अर्ब डलर
चीनमा व्यापार बढ्दा एप्पलको आम्दानी दोब्बरले बढ्यो, फेसबुकको नाफा साढे ९ अर्ब डलर

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना महामारी सुरु भएदेखि चीनमा आइफोनको बिक्री बढ्दा एप्पलको समग्र नाफा दोब्बरले बढेको छ। एप्पलले आगामी दिन आफुहरुका लागि अझै सकारात्मक हुने प्रतिक्रिया दिएको छ।

एप्पलसँगै सामाजिक सञ्जाल फेसबुकले पनि आफ्नो आम्दानी र नाफामा उत्साहजनक वृद्धि भएको जनाएको छ। एप्पलले पछिल्लो पटक सार्वजनिक गरेको सफ्टवेयरका कारण भने चालु वर्षको अन्त्यमा असर पर्ने चेतावनी दिएको छ।  

कोरोना महाव्याधीको समयमा उपभोक्ताहरुले धेरै समय अनलाइनबाटै काम, इ-कमर्स तथा मनोरञ्जनका माध्यममा बिताएकाले एप्पलले आफ्नो आइफोन, एप तथा अन्य डिभाइसको बिक्री निरन्तर बढेको जनाएको छ। अनलाइन कक्षा र घरबाटै काम गर्ने उपभोक्ताको संख्या बढ्दा एप्पलको म्याक कम्प्युटर तथा आइप्याड खरिद उच्च बन्न पुगेको बताइएको छ।

एप्पलले गत वर्ष २०२० मा रोल आउट गरेको आफ्नो नयाँ फाइभजी फोन अपग्रेड गर्ने उपभोक्ताहरु निरन्तर बढेकाले पनि नाफा बढ्नुमा सहयोगी बनेको जनाएको छ।

चीनमा दोब्बरले आम्दानी बढ्दा एप्पलले सन् २०२१ को पहिलो तीन महिनामा कुल ८९.६ अर्ब अमेरिकी डलर आम्दानी गरेको जनाएको छ। अघिल्लो वर्षको यही समयभन्दा एप्पलले आफ्नो बिक्री ५० प्रतिशत बढेको हो।

एप्पलले गत वर्ष यही अवधिमा ११.३ अर्ब डलर नाफा गरेकोमा यो वर्ष २३.६ अर्ब डलर पुर्याएको एप्पलका सीईओ टिम कुकले बताए। एप्पलको फिटनेस तथा संगीत एपहरुको प्रयोग पनि महामारीको समयमा बढी रुचाइने एप बनेको छ। 

त्यसैगरी, फेसबुकले पनि चालु वर्ष २०२१ को पहिलो तीन महिनामा उल्लेख मात्रामा आम्दानी र नाफा गरेको छ। फेसबुकको मुख्य आम्दानी विज्ञापन बिक्रीबाटै हुने गरेको छ।

विश्वका धेरै मानिसहरु कोरोना महामारीका कारण घर भित्रै बसेको समयमा समय व्यथित गर्ने माध्यम अनलाइन बन्यो। उपभोक्ताहरुले आफ्नो खर्च गर्ने माध्यम पर्ने अनलाइन नै रह्यो। 

२०२१ को पहिलो तीन महिनामा फेसबुकले २६.१७ अर्ब अमेरिकी डलर आम्दानी गरेको र नाफा ९.५ अर्ब डलर गरेको बताइएको छ। फेसबुकले एप्पलले यो साता सार्वजनिक गरेको नयाँ फिचरका कारण आफ्नो आम्दानी स्थिर जनाएको छ। प्रयोगकर्ताहरुको डेट संकलन गर्न एपहरुलाई रोक लगाउने नयाँ फिचरका कारण फेसबुकको आम्दानीमा क्रमिक असर पर्ने बताइएको छ। 

एप्पल र फेसबुक मात्रै नभएर गुगल र माइक्रोसफ्टले २०२१ को पहिलो त्रैमासमा आफ्नो आम्दानी र नाफा दुवै बढाएका छन्। 

चीनमा एप्पल र फेसबुकको व्यापार बढ्नुमा लकडाउन नै भएको बताइएको छ। चीन सरकारले कोरोना नियन्त्रण गर्न हरेक पटक संक्रमित भेटिँदा लकडाउन लगाउँदा उपभोक्ताहरु घरमै बस्नु पर्ने हुँदा सामाजिक सञ्जाल फेसबुक र एप्पलका ग्याजेट्सको प्रयोग र बिक्री उकालो लागेको बताइएको छ। (एजेन्सीको सहयोगमा)