BIZMANDU
www.bizmandu.com

बैंक वित्तीय संस्थाका शाखा बिहान १० देखि २ बजेसम्म मात्र खुल्ने, सकभर अनलाइन प्रयोग गर्न अपिल

२०७८ बैशाख १५

Tata
GBIME

काठमाडौं। राजधानी उपत्यकासहित निषेधाज्ञा लागेका जिल्लास्थित बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुला हुने भएका छन्।

राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलपछि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म शाखा खोल्ने सहमति भएको छ। केही दिन हेरेपछि संक्रमणको अवस्था र ग्राहकको भिँडलाई आधार मानेर आवश्यक निर्णय लिइने छ।

अहिले सरकारले काठमाडौं, ललितपुर, भक्तपुरसहित देशभरका दर्जन जिल्लामा निषेधाज्ञा लगाउने निर्णय गरेको छ।

बैंकका सबै एटीएम सञ्चालन हुने छन्। शाखा पनि सबै खुल्ने छन्। 

स्वास्थ मापदण्ड पुरा गरेर शाखा खोलिने छ। सकभर सर्वसाधारणलाई अनलाइन कारोबार गर्न प्रोत्साहित गरिने छ।