BIZMANDU
www.bizmandu.com

इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेटबीच रेमिट्यान्स सम्झौता, जापानबाट पैसा पठाउन सजिलो हुने

२०७८ बैशाख १४

Tata
GBIME
Nepal Life

काठमाडौं। जापानमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन मिल्नेगरी नेपाल इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेट बीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ।

यस सम्झौता अनुसार जापानमा रहेका नेपालीहरुले डिजिटल वालेटको स्माइल मोबाइल रेमिट्यान्स एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्ने बैंकले जनाएको छ।

मोबाइल एपलाई डाउनलोड गरी आफ्नो मोबाइलमा इन्स्टल गर्न सकिने जारी बिज्ञप्तीमा उल्लेख छ।

स्माइल मोबाइल रेमिट्यान्स मार्फत नेपाल इन्भेष्टमेन्ट बैंकको विप्रेषण सेवा 'पृथ्वी रेमिट'मा पठाएको पैसा नेपालस्थित कुनै पनि बैंकको खातामा तुरुन्तै जम्मा हुने बताइएको छ।

स्माइल मोबाइलमार्फत पठाएको पैसा पृथ्वी रेमिटका देशभरका १० हजारभन्दा बढी भुक्तानी काउन्टरहरुबाट प्राप्त हुने बैंकले जनाएको छ।