BIZMANDU
www.bizmandu.com

ई कमर्स कम्पनी दराजले फ्रन्टलाइनमा खटिने कर्मचारीलाई दिन थाल्यो कोभिड-१९ बिरुद्धको खोप

२०७८ बैशाख १४

ई कमर्स कम्पनी दराजले फ्रन्टलाइनमा खटिने कर्मचारीलाई दिन थाल्यो कोभिड-१९ बिरुद्धको खोप
ई कमर्स कम्पनी दराजले फ्रन्टलाइनमा खटिने कर्मचारीलाई दिन थाल्यो कोभिड-१९ बिरुद्धको खोप

Tata
GBIME
Nepal Life

काठमाडौं। ई कमर्स कम्पनी दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्ना सबै फ्रन्टलाइनमा खटिने कर्मचारीहरुलाई कोभिड-१९ बिरुद्धको खोप दिन सुरु गरेको छ। 

दराजले नेपालका विभिन्न शहरहरूमा ६ सयभन्दा बढी कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको जनाएको छ। त्यसमध्ये आधा कर्मचारीहरु लजिस्टिक तथा डेलिभरी सेवामा कार्यरत छन्। 

कम्पनीले गत दुई हप्ताभन्दा बढीको अवधिमा देशका विभिन्न सहरबाट कर्मचारीहरुलाई काठमाडौँ ल्याएर खोप लगाएर फिर्ता पठाएको थियो। खोपले दराजका कर्मचारीहरु मात्र नभई उनीहरुको परिवारहरु र बसोबास गर्ने समाजलाई पनि सुरक्षित राख्न मदत पुग्ने विश्वास दराजले लिएको छ।

स्वास्थ्य सेवा विभागको सहयोगमा हामी कोभिड-१९ विरुद्धको खोप कार्यक्रम संचालन गर्न पाउँदा आफुहरु निकै खुसी भएको दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले बताए। स्थानीय अधिकारीहरु हरेक दिन फ्रन्टलाइनमा रहेका व्यक्तिहरुलाई रक्षा गर्न एक प्रगतिशील निर्णय लिइरहेका भन्दै उनले प्रशंसा गरे।

'इ-कमर्स कम्पनीहरु नेपालमा मात्र नभई विभिन्न देशहरुमा अर्थव्यवस्थाको निरन्तरताको अभिन्न हिस्सा बनेको छन्। दराज मार्फत करिब १० हजार बिक्रेताहरू सजिलैसँग आफ्नो व्यवसाय संचानल गरी अघि बढिरहेका छन् भने लाखौं ग्राहकहरू सुरक्षित सपिङ गर्न सक्षम भएका छन्। महामारीको सम्भावित दोस्रो छालकोबीचमा समाजलाई सुरक्षित राख्न यो एउटा महत्त्वपूर्ण कदम हो,' प्रबन्ध निर्देशक अलरिङ्गले भने।