BIZMANDU
www.bizmandu.com

साढे ५ करोड राशिको प्रतियोगितामा प्रतिस्पर्धा गर्दै नेपाली पब-जी टिम डीआरएस गेमिङ

२०७८ बैशाख १४

साढे ५ करोड राशिको प्रतियोगितामा प्रतिस्पर्धा गर्दै नेपाली पब-जी टिम डीआरएस गेमिङ
साढे ५ करोड राशिको प्रतियोगितामा प्रतिस्पर्धा गर्दै नेपाली पब-जी टिम डीआरएस गेमिङ

Tata
GBIME

काठमाडौं। नेपाली टिम डीआरएस गेमिङसहित एसियाका अन्य १५ टिम सम्मिलित पब-जी प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ। 

विजेताले चार लाख ६० हजार अमेरिकी डलर (नेरु साढे पाँच करोड) जित्ने छन्। पिसकिपर इलिट इन्भिटेस्नल (पीइआइ) एसिया-२०२१ प्रतियोगिता आगामी बिहीबारसम्म चल्नेछ।  

प्रतियोगितामा पिसकिपर इलिट लिग (पीइएल) २०२१ का शीर्ष दुई टिम स्वतः छानिएका थिए भने अन्य १२ टिमहरु अन्तर्राष्ट्रिय आमन्त्रणबाट छनोट भएको आयोजकले जनाएको छ।

चीनबाट कुल तीन टिम छानिएकोमा पीइएलका शीर्ष दुई टिम पनि चीनबाटै हुन्।

थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, भियतनामबाट दुई/दुई जना टिम छानिएका छन्। यस्तै, नेपाल, मंगोलिया, जापान र कोरियाबाट एक/एक वटा पब-जी टिम छानिएका छन्।