BIZMANDU
www.bizmandu.com

आयकरको सीमा बढाउन बैंकर्स संघको माग, ‘बैंक कर्मचारीले घर किन्न तिरेको ब्याजलाई घटाइयोस्’

२०७८ बैशाख ९

GBIME
Tata

काठमाडौं। नेपाल बैंकर्स संघले आगामी बजेटका लागि आयकरमा छुटको सीमामा बृद्धि गर्न सुझाब दिएको छ। संघले व्यक्तिगत आयमा आधारभुत करछुटको सीमा बढाउन भनेको हो।

अहिले चार लाखको सीमा छ। संघले यतिउति नभनीकन सीमा बढाउन भनेको छ। अघिल्लो बर्षहरु संघले सात लाखमाथि मात्र कर लिन सुझाब दिएको थियो।

उसको सुझाब सुनुवाइ नभएपछि यसपाली अंक नलेखी सीमा बढाउन मात्र भनेको हो।

यसैगरी एक लाख रुपैयाँसम्मको व्यक्तिगत जीवन बिमामा कर छुट गरिनु पर्ने माग पनि संघको छ। 

कर्मचारीले घरजग्गा खरिद गर्दा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जामा तिरेको व्याज रकमलाई सीमा निर्धारण गरी करयोग्य आयबाट घटाउन पाइनु पर्ने अर्को सुझाब पनि दिइएको छ। 

कर्मचारीको आफ्नो पहिलो दुई सन्तानको माध्यमिक स्तर सम्मको अध्ययन गर्नका लागि लाग्ने मासिक शुल्कको सीमा निर्धारण गरी करयोग्य आयबाट घटाउन पाउने लगायतका व्यवस्था गरिनु पर्ने माग पनि संघको छ।