BIZMANDU
www.bizmandu.com

१०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनालाई डेढ अर्बको आइपीओ ल्याउन अनुमति

२०७८ बैशाख ७

Tata
GBIME
Nepal Life

काठमाडौं। सिन्धुपालचोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजनाले आइपीओ जारी गर्न अनुमति पाएको छ।

कम्पनीले स्थानीय प्रभावित र सर्वसाधारणका लागि एक करोड ५० लाख कित्ता सेयर निष्कासन गर्ने छ। यसमध्ये पहिलो चरणमा स्थानीय प्रभावितलाई १० प्रतिशत सेयर जारी गर्ने र दोस्रो चरणमा आम सर्वसाधारणलाई १५ प्रतिशत सेयर जारी गर्ने कम्पनीको योजना छ।

कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको लागि यस अघि नै सेयर जारी गरिसकेको कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भइसकेको छ।

नेपाल धितोपत्र बोर्डले सोमबारमात्रै कम्पनीलाई आइपीओ निष्कासनको स्वीकृति दिएको जनाएको छ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण भइरहेको आयोजनाको काम ७० प्रतिशत सम्पन्न भएको छ।
भूकम्प र नाकाबन्दीका कारण निर्माण अवधि लम्बिएपछि आयोजनाको लागत भने केही बढेको छ।

सुरुवाती समयमा १५ अर्ब ३ करोड रुपैयाँ लागत अनुमान गरिएको भएपनि आयोजनाको अवधि लम्बिएसँगै लागत पनि थोरै बढ्न सक्ने अनुमान गरिएको छ। 

आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुने छ। सुक्खा याममा पनि २० प्रतिशत भन्दा बढी ऊर्जा उत्पादन हुने आयोजनाका प्रबन्धक विजयलाल श्रेष्ठले बताए।