BIZMANDU
www.bizmandu.com

चार दिनपछि सुनको भाउ थोरै घट्यो, तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार

२०७८ बैशाख ७

चार दिनपछि सुनको भाउ थोरै घट्यो, तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार
चार दिनपछि सुनको भाउ थोरै घट्यो, तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार


Tata
GBIME
Nepal Life

काठमाडौं। चार दिन पछि सुनको मूल्यमा थोरै गिरावट आएको छ।

अघिल्लो दिनको भन्दा तोलामा ३ सय रुपैयाँले घटेर मंगलबारका लागि बजार मूल्य ९० हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने चार दिनसम्म प्रतितोला १३ सय रुपैयाँमा स्थिर छ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १७७१.९२ डलर र चाँदी प्रतिऔंस २५ .९४ डलरमा कारोबार भएको छ।

सोमबार सुन प्रतिऔंस १७७७ २९ डलर र चाँदी प्रतिऔंस २५ ९६ डलरमा कारोबार भएको थियो।