BIZMANDU
www.bizmandu.com

कोभिडविरुद्ध दोस्रो चरणको खोप मंगलबारदेखि सुरु, बिहान १० बजेदेखि नै खोप केन्द्रमा घुइँचो

२०७८ बैशाख ७

कोभिडविरुद्ध दोस्रो चरणको खोप मंगलबारदेखि सुरु, बिहान १० बजेदेखि नै खोप केन्द्रमा घुइँचो
कोभिडविरुद्ध दोस्रो चरणको खोप मंगलबारदेखि सुरु, बिहान १० बजेदेखि नै खोप केन्द्रमा घुइँचो

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले मंगलबारदेखि दोस्रो चरणको खोप लगाउन सुरु गरेको छ। प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकताका लक्षित समूहरुहरुलाई कोभिड-१९ विरुद्धको दोस्रो डोजको खोप विभिन्न खोप केन्द्रहरुमा बिहान १० बजेदेखि लगाउन सुरु भइसकेको छ। 

२०७७ माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो डोज लिएका सबै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तीय संस्थाका कर्मचारीलगायतलाई दोस्रो डोज लगाउने जनाएको छ।

कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’ को शुभारम्भ गत माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट गरेका थिए। पाटन अस्पतालका डा. पारशकुमार आचार्यले कोभिडविरुद्को पहिलो खोप लगाएर खोप अभियान सुरु भएको थियो।

कोभिसिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन्। भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो।