BIZMANDU
www.bizmandu.com

फोर्ब्सका ३० प्रभावशाली युवाको सूचीमा नेपालका प्रकाश, वित्तीय साक्षरता अभियानका लागि चिनिए

२०७८ बैशाख ७

फोर्ब्सका ३० प्रभावशाली युवाको सूचीमा नेपालका प्रकाश, वित्तीय साक्षरता अभियानका लागि चिनिए
फोर्ब्सका ३० प्रभावशाली युवाको सूचीमा नेपालका प्रकाश, वित्तीय साक्षरता अभियानका लागि चिनिए

Tata
GBIME
Nepal Life

 

काठमाडौं। सन् २०२० मा कोभिड महामारीको अँध्यारोबीच आशाको किरण देखाउने ३० वर्ष मुनिका ३० एशियाली युवाहरुको सूचीमा नेपालका प्रकाश कोइराला पनि परेका छन्। उनी फिनलिट नेपालका संस्थापक हुन्। 

फोर्ब्सले न्यू नर्मलका बीच एशियाका युवाहरुले गरेको कामका आधारमा ३० वर्ष भन्दा कम उमेरमका ३० युवाहरुको सूची प्रकाशित गरेको हो। यसमा उद्यमी, सामाजिक अभियन्ता, वैज्ञानकि तथा युवा नेताहरुलाई छनोट गरिएको छ। कोरोना महामारीका कारण यो पुस्ताकै लागि कठिन वर्ष बनेको सन् २०२० मा भएको लामो लकडाउन, यात्रामा प्रतिबन्ध तथा अनिश्चितताका बावजुद पनि यी युवाहरुले गरेको कामका लागि उनीहरुलाई फोर्ब्सले सूचीमा स्थान दिएको हो।

यस अवधिमा उनीहरुले महामारीका बीच पनि न्यू नर्मलका लागि गरेको प्रयास ब्यापार वृद्धिका लागि गरेको संघर्ष र संकटकै बीच कतिपयले सुरु गरेको भेन्चरहरुका लागि उनीहरुलाई चयन गरिएको फोर्ब्सले जनाएको छ। यस सूचीमा २५ सय जना मनोनित भएका थिए। जसमध्ये आफ्नो नवीनतम आविष्कार, कडा मेहनत र कामप्रतिको प्रतिबद्धताका आधारमा ३० युवाहरुलाई छानेको फोर्ब्सले जनाएको छ।

सन् २०१७ मा फिनलिट नेपालको स्थापना गरी न्यून आय भएका र पिछडिएका समुदायलाई वित्तीय साक्षरता दिलाउन लागि परेका प्रकाशले यसबाट गरिबी न्यूनीकरणमा सहयोग पुर्‍याएको फोर्ब्सको ठहर छ। प्रकाशले वित्तीय साक्षरताको क्षेत्रमा सन् २००९ देखि नै काम गर्दै आएका छन्।

फिनलिटले हाल सरकार, बिभिन्न कम्पनी तथा साझेदार समूहहरुसँग मिलेर वित्तीय साक्षरता सम्बन्धी नीति तथा कार्यक्रम विकासमा काम गर्दै आएको छ। कामकै कारण उनले यसअघि बिभिन्न सम्मान तथा पुरस्कार पाइसकेका छन्। सन् २०१७ मा उनले वित्तीय साक्षरता सम्बन्धी कामका लागि नै हार्वर्ड केनेडी स्कुलबाट फेलोसिप पनि प्राप्त गरेका थिए।

यो पनि पढ्नुस् – बचत 'गुरु' प्रकाश पैसाको महत्व बुझाउँदै मेचीकाली