BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकको नाफामा छलाङ, कोभिडबीच पनि नाफा १ अर्ब ५४ करोड रुपैयाँ पुग्यो

२०७८ बैशाख ७

सिटिजन्स बैंकको नाफामा छलाङ, कोभिडबीच पनि नाफा १ अर्ब ५४ करोड रुपैयाँ पुग्यो
सिटिजन्स बैंकको नाफामा छलाङ, कोभिडबीच पनि नाफा १ अर्ब ५४ करोड रुपैयाँ पुग्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड संकटका बीच पनि सिटिजन्स बैंकले नाफामा छलाङ मारेको छ। बैंकको नाफा तेस्रो त्रैमासमा ४१.६१ प्रतिशतले बढेको छ।

बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा चैतसम्म १ अर्ब ५४ करोड नाफा गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९ करोड मात्रै नाफा गरेको थियो। बैंकले यो अवधिमा २ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब २४ करोड ४८ लाख रुपैयाँ मात्रै थियो। बैंकको प्रति सेयर आम्दानी समेत बढेको छ।

बैंकको प्रति सेयर आम्दानी १६.८७ बाट बढेर २०.७२ रुपैयाँ पुगेको छ। बैंकको निक्षेप १ खर्ब २७ अर्ब र कर्जा लगानी १ खर्ब ८ करोड रुपैयाँ पुगेको छ।