BIZMANDU
www.bizmandu.com

यती ब्रुअरीले पायो अन्तर्राष्ट्रिय अवार्ड, अर्ना (८) बियरले पायो रजत र लाइटले काश्य पदक

२०७८ बैशाख ६

यती ब्रुअरीले पायो अन्तर्राष्ट्रिय अवार्ड, अर्ना (८) बियरले पायो रजत र लाइटले काश्य पदक
यती ब्रुअरीले पायो अन्तर्राष्ट्रिय अवार्ड, अर्ना (८) बियरले पायो रजत र लाइटले काश्य पदक


काठमाडौं। लण्डनमा भएको बियर प्रतियोगिताले अर्ना बियरले अन्तर्राष्ट्रिय अवार्ड पाएको छ। अर्ना(८) र अर्ना लाइटले रजत र काश्य पदक जितेका छन्।

Tata
GBIME
Nepal Life

लण्डन बियर कम्पिटिसन २०२१ मा यो पदक जितेको छ। यो विश्व बियर उद्योगको सर्वोच्च मान्यता प्राप्त प्रतियोगिताको रूपमा हेरिन्छ। यती ब्रुअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको अवार्ड जितेको हो। अर्ना बियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेको हो।

प्रतिस्पर्धामा गुणस्तर, उत्पादन क्षमता, प्राविधिक विशेषज्ञता एवं अन्य सहभागीको रोजाइलाई प्रतिनिधित्व गर्छ। कम्पनीका अनुसार अर्ना-८ ले १०० पूर्णांकमा ८५ अंक प्राप्त गरेर रजत पदक प्राप्त गरेको थियो भने अर्ना लाइट ले ७२ अंकका साथ काश्य पदक पाएको थियो।