BIZMANDU
www.bizmandu.com

काठमाडौं मेरियट होटल दोस्रो वर्षमा, कोभिड-१९ महामारीमा पनि उत्कृष्ट सेवा दिएको दाबी  

२०७८ बैशाख ६

काठमाडौं मेरियट होटल दोस्रो वर्षमा, कोभिड-१९ महामारीमा पनि उत्कृष्ट सेवा दिएको दाबी  
काठमाडौं मेरियट होटल दोस्रो वर्षमा, कोभिड-१९ महामारीमा पनि उत्कृष्ट सेवा दिएको दाबी  


Tata
GBIME
Nepal Life

काठमाडौं। नक्सालस्थित काठमाडौं मेरियट होटल दोस्रो वर्षमा प्रवेश गरेको छ। पाहुना सेवालाई मध्यनजर गर्दै होटलले कोभिड-१९ सुरु भएदेखि स्वास्थ्य सुरक्षा अवलम्बन गरेर सेवा दिएको जनाएको छ।

'उत्तम सेवा प्रदान गर्ने क्रममा हामी निरन्तर रुपान्तरण र नवीनता ल्याइरहेका छौँ। यो लक्ष्य हासिल गर्नको लागि यात्रा चुनौतीपूर्ण भएको छ। यद्यपि हामी हाम्रा सहयोगीहरु र सरोकारवालाहरुको कडा परिश्रम र समपर्णको कारण यहाँ छौँ,' होटलका महाप्रवन्धक फावियन मार्टिनेजले भने।

दुई वर्षको दौडमा होटेलले खानाका  पारखीका लागि विभिन्न आकर्षक योजना र उत्सवहरुको साथ नयाँ व्यंजनहरु प्रस्तुत गर्दै आएको उनले बताए। पछिल्लो समय होटलले नयाँ स्वाद पस्कने क्रममा 'लेबनानी फुड फेस्टिभल' सुरु गरिसकेको उनले जानकारी दिए।

होटेलले गत वैशाख १ गतेदेखि मेडिटेरियन रेस्टुरेन्ट ' ताहिना टेरेस' संचालनमा ल्याइसकेको छ। होटलका अनुसार पाहुनाले यसको बाहिरी सेटिंग र सिग्नेचर ककटेलको साथ ताहिना टेरेस घुमफिर गर्न सक्नेछन्। वार्षिकोत्सव अवसरमा होटेलले अप्रिल महिनाभर १२  हजार २१ रुपैयाँमै विशेष योजना समेत ल्याएको छ।