BIZMANDU
www.bizmandu.com

कोरोनाको मारमा बहुराष्ट्रिय कम्पनी डाबर नेपाल पनि, कारोबार दुई अर्ब रुपैयाँले खुम्चियो

२०७८ बैशाख ६

कोरोनाको मारमा बहुराष्ट्रिय कम्पनी डाबर नेपाल पनि, कारोबार दुई अर्ब रुपैयाँले खुम्चियो
कोरोनाको मारमा बहुराष्ट्रिय कम्पनी डाबर नेपाल पनि, कारोबार दुई अर्ब रुपैयाँले खुम्चियो

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना महामारीको प्रत्यक्ष असर व्यापारमा परेपछि डाबर नेपालको कारोबार सन् २०२० मा घटेको छ। अघिल्ला दुई वर्ष १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको डाबर नेपालको कारोबार २०२० मा भने आठ अर्ब नौ करोड रुपैयाँ भएको छ। 

सरकारले कोरोना नियन्त्रणका लागि भन्दै लगाएको देशव्यापी लकडाउनका कारण कम्पनीले आफ्ना उत्पादनहरु बिक्री गर्न नपाएपछि २०२० मा कारोबारमा प्रत्यक्ष असर पुगेको कम्पनीले जनाएको छ। जनजीवन सामान्य भएपछि भने सन् २०२१ मा कम्पनीको कारोबारसँगै नाफामा सुधार हुने बताइएको छ।  

डाबर नेपालले आफ्ना उत्पादनहरु निर्यात समेत गर्ने गरेको छ। सन् २०२० मा कम्पनीले पाँच अर्ब रुपैयाँ २१ करोड ७० लाख रुपैयाँबराबरको सामाग्री निर्यात गरेको थियो। यस्तै, सन् २०२० मा कोरोनाले निम्त्याएको लकडाउनकै कारण २२ प्रतिशतले आम्दानी गुमाएको रेटिङ एजेन्सी केयररेटिङ्स नेपालको विवरणमा उल्लेख छ।  

कम्पनीले फलफुल जुस/बेभरेज, चेवनप्रास, ग्लुकोज, मन्जन, कपालमा लगाउने तेल, हाजमोला, साबुनलगायतका उत्पादन बिक्री गर्दै आएको छ।