BIZMANDU
www.bizmandu.com

कोरोना संक्रमण बढेको भन्दै क्यान महासंघले रोक्यो यस वर्षको क्यान इन्फोटेक मेला

२०७८ बैशाख ६

कोरोना संक्रमण बढेको भन्दै क्यान महासंघले रोक्यो यस वर्षको क्यान इन्फोटेक मेला
कोरोना संक्रमण बढेको भन्दै क्यान महासंघले रोक्यो यस वर्षको क्यान इन्फोटेक मेला

Tata
GBIME
Nepal Life

काठमाडौं। क्यान इन्फोटेक सूचना प्रविधि मेलाको २७ औं संस्करण स्थगित भएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकासहितका क्षेत्रहरुमा कोरोना संक्रमण बढेको भन्दै आयोजक क्यान महासंघले अर्को सूचना जारी नभएसम्मका लागि क्यान इन्फोटेक स्थगित गरेको हो। 

क्यान महासंघको आइतबार बसेको बैठकले क्यान इन्फोटेकको २७ औं संस्करण स्थगित गर्ने निर्णय गरेको महासचिव नारायण थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

क्यान महासंघले आगामी वैशाख २८ देखि जेठ २ गतेसम्म काठमाडौंमा भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२१ आयोजना गर्ने तयारी गरेको थियो।

सन् १९९५ देखि बर्सेनि आयोजना हुँदै आएको क्यान इन्फोटेकमा सूचना प्रविधिको क्षेत्रमा भएका विकसित प्रविधिको प्रदर्शनी र बिक्री हुने गरेको छ। मेलामा सूचना प्रविधि व्यवसायी र प्रयोगकर्ताबीच अन्तरक्रिया र बजार प्रवर्द्धनका गतिविधि हुने पनि गरेको थियो।