BIZMANDU
www.bizmandu.com

टेलिकमले खोल्यो पूर्वाधार सह-प्रयोगको बाटो, एकै पूर्वाधारमा लगानी दोहोरिने समस्या अन्त्य हुने

२०७८ बैशाख ६

टेलिकमले खोल्यो पूर्वाधार सह-प्रयोगको बाटो, एकै पूर्वाधारमा लगानी दोहोरिने समस्या अन्त्य हुने
टेलिकमले खोल्यो पूर्वाधार सह-प्रयोगको बाटो, एकै पूर्वाधारमा लगानी दोहोरिने समस्या अन्त्य हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। लामो समयदेखि विशेषतः निजी क्षेत्रका सेवा प्रदायकहरुले उठाउँदै आएको पूर्वाधार सह-प्रयोग गर्न दिने निर्णय नेपाल टेलिकमले गरेको छ। 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पटकपटक पूर्वाधार सह-प्रयोग कार्यान्वयनमा ल्याउन निर्देशन दिँदै आएको थियो। टेलिकम मानेको थिएन। अब टेलिकमले आफ्नो पूर्वाधार अन्य कम्पनीहरुले पनि प्रयोग गर्न मिल्ने निर्णय गरेको हो।

अघिल्लो साता बसेको बोर्ड बैठकले फाइबर नेटवर्कको पूर्वाधार सह-प्रयोग खुला गर्ने निर्णय गरेको टेलिकमले जनाएको छ। टेलिकमले सम्भवतः ४८ कोरभन्दा बढी क्षमताका पूर्वाधारमा सह-प्रयोगको ढोका खोलिने जनाएको छ।

शुल्क, प्रक्रियालगायतका प्राविधिक पक्षहरु अध्ययन भइरहेकाले कार्यान्वयनमा आउन केही समय लाग्ने टेलिकमले जनाएको छ।  

निजी सेवा प्रदायकहरुले ग्रामीण क्षेत्रमा पूर्वाधार सह-प्रयोग गर्न नपाउँदा एउटै पूर्वाधारमा दोहोरो लगानी गर्नुपर्ने बाध्यता रहेको बताउँदै आएका थिए। एकै प्रकारका सञ्चारका सेवाका लागि  एउटाले जडान गरिसकेको पूर्वाधारलाई अरु कम्पनीले पनि उपयोग गर्दा हुन्छ। तर टेलिकम नमान्दा अरु कम्पनीले पूर्वाधारमा सह-प्रयोग गर्न पाएका थिएनन्। सेवा सह-प्रयोग गर्न दिए गुणस्तर वृद्धि वा अन्य क्षेत्रको पूर्वाधार विस्तारमा रकम खर्चिन पाउने जिकिर कम्पनीहरुले गर्दै आएका छन्। 

प्राधिकरणले २०७३ वैशाख १ देखि लागू हुने गरी यसअघि नै दूरसञ्चारका पूर्वाधार सह-प्रयोग सम्बन्धी निर्देशिका जारी गरिसकेको छ।