BIZMANDU
www.bizmandu.com

एफएनसीसीआईले स्टार्टअप कम्पनीलाई आवेदनका लागि आह्वान गर्‍यो, आवेदन दिन यस्तो छ सर्त

२०७८ बैशाख ५

एफएनसीसीआईले स्टार्टअप कम्पनीलाई आवेदनका लागि आह्वान गर्‍यो, आवेदन दिन यस्तो छ सर्त
एफएनसीसीआईले स्टार्टअप कम्पनीलाई आवेदनका लागि आह्वान गर्‍यो, आवेदन दिन यस्तो छ सर्त

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले मेन्टरसिप सहयोगसहित लगानीकर्ताहरूसँग आबद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप)लाई आवेदनका लागि आह्वान गरेको छ।

आवेदन सबै क्षेत्रका लागि खुला गरिएको महासंघले जनाएको छ। नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यवसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि यो आवेदन गरिएको हो।

एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आइरहेका र कम्तिमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनी रूपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिने महासंघले जनाएको छ।

आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोशिएसन, आर्टिकल अफ एशोशिएसन र सम्बन्धित अन्य रजिष्ट्रेशनहरू, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको संचालक समितिको माइन्युट, कम्पनीका प्रवर्द्धक/संस्थापकहरूको बायोडाटा लगायतका आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्ने महासंघले जनाएको छ।