BIZMANDU
www.bizmandu.com

पब-जी टुर्नामेन्ट २०२१ को प्रायोजक जगदम्बा मोटर्स, तीन जनाले एन्टर्क सुपर स्क्वाड जित्न सक्ने

२०७८ बैशाख ४

पब-जी टुर्नामेन्ट २०२१ को प्रायोजक जगदम्बा मोटर्स, तीन जनाले एन्टर्क सुपर स्क्वाड जित्न सक्ने
पब-जी टुर्नामेन्ट २०२१ को प्रायोजक जगदम्बा मोटर्स, तीन जनाले एन्टर्क सुपर स्क्वाड जित्न सक्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। पब-जी गेम खेल्नेहरुका लागि बृहत् प्रतिष्पर्धा आयोजना हुने भएको छ।

पब-जी मोबाइल च्याम्पियन २०२१ लाई नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले प्रायोजन गर्ने भएको आयोजक कम्पनी गुड गेमिङले जनाएको छ। 

६ सय वटा टिमअन्तर्गत सहभागी खेलाडीमध्ये तीन जनाले कम्पनीको एनटर्क सुपरस्क्वाड एडिसन जित्न सक्ने जगदम्बाले जनाएको छ। जगदम्बा मोटर्स र गुड गेमिङ कम्पनीबीचको सहकार्यमा हुने लागेको टुर्नामेन्टमा सहभागी हुन चाहनेले आइतबारदेखि दर्खास्त दिन सकिने भएको छ। 

युवा लक्षित मोटरसाइकल, स्कुटर बिक्रीसँगै संगीत, खेलकुद लगायत अतिरिक्त क्षेत्र प्रवर्द्धन गर्दै लैजानु कम्पनीको उद्देश्य रहेको जगदम्बाका उपाध्यक्ष दीपक अग्रवालले बताए। ‘विश्वभर गेमिङलाई राम्रो महत्व दिइएको छ। नेपाललाई हेर्ने हो भने हामी कहीँ पनि छैनौं। यो लार्ज स्केल प्लाटफर्ममार्फत गेमिङमा आबद्ध युवामा थप प्रोत्साहन बढ्ने छ,' उनले भने। यो प्लाटफर्ममार्फत नेपाली गेमरहरुलाई विश्वबजारमा प्रस्तुत हुन थप सहज हुने उनले बताए। 

प्लेयर, स्ट्रिमर, अडियन्स, ब्राण्ड लगायत चारै वर्गका लागि अवसर सिर्जना गर्नु नै मुख्य उद्देश्य रहेको आयोजक कम्पनी गुड गेमिङका सीइओ उत्तम अधिकारीले बताएका छन्। कम्पनीले तीन वर्षदेखि पब-जी टुर्नामेन्ट आयोजना गर्दै आएको उनले जानकारी दिए। 'यस प्रकारको टुर्नामेन्टले गेमिङमा रुचि राख्दै आएका युवा थप प्रोत्साहित हुँदै जानेछन्,' उनले भने।