BIZMANDU
www.bizmandu.com

साओमीले ल्यायो एमआइ वाच लाइट, एकपटकको चार्जमा नौ दिन चलाउन सकिने 

२०७८ बैशाख ४

साओमीले ल्यायो एमआइ वाच लाइट, एकपटकको चार्जमा नौ दिन चलाउन सकिने 
साओमीले ल्यायो एमआइ वाच लाइट, एकपटकको चार्जमा नौ दिन चलाउन सकिने 


Tata
GBIME
Nepal Life

काठमाडौं। स्मार्टफोनलाई घडीमा कनेक्ट गरेर उपयोगी ग्याजेट चलाउन रहर गर्नेहरुका लागि चिनियाँ स्मार्ट ग्याजेट निर्माता साओमीले एमआइ वाच लाइट ल्याएको छ।

एकपटकको चार्जमा ब्याट्री लामो समय टिक्ने दाबी गरिएको यो ग्याजेट फिटनेटप्रति सचेतका लागि बढी उपयोगी छ। जीपीएसयुक्त यो स्मार्टवाचले मुटुको ढुकढुकी मनिटरिङ गर्छ।

अत्याधुनिक र उपयोगी फीचरयुक्त यो मोडल अत्याधुनिक सुविधासहितको भएकाले प्रयोगकर्ताको रोजाइमा पर्ने कम्पनीले जनाएको छ। 

कलर डिस्प्ले रहेको यो स्मार्ट वाच स्टाइलिस र आरामदायी हुनुका साथै आवश्यकताअनुसारको फीचर र डिस्प्ले सुविधा छ। कम्पनीद्वारा जारी विज्ञप्तिमा अनुसार यसमा ११ वटा वर्कआउट मोड छन्, जसले प्रयोगकर्तालाई फिटनेससँग सम्बन्धित गतिविधिमा सहयोग गर्नेछ। ३५ ग्राम तौलको यो घडी १.४ इन्च टीएफटी एलसीडी छ। यसमा पाँच प्रकारका डिफल्ट वाच फेस छन्।

स्क्रिन अटो ब्राइटनेस स्क्रीन रहेको यो ग्याजेटमा म्यासेज नोटोफिकेसन, स्लिप डिटेक्सन मोड छन्। पानी नपस्ने, ब्लुटुथबाट मोबाइलसँग कनेक्ट गर्न सकिने यो ग्याजेट एकपटकको चार्जमा नौ दिनसम्म ब्याट्री टिकाउ हुने दाबी कम्पनीको छ। 

यसमा २३० एमएएच ब्याट्री छ। ब्ल्याक, नेभी ब्लु र आइभरी गरी तीन प्रकारका फ्रेम कलरमा उपलब्ध यो ग्याजेटको नेपाली बजार मूल्य ७ हजार ९ सय ९९ रूपैयाँ छ।