BIZMANDU
www.bizmandu.com

काठमाडौं प्लाजा सिल, सबै पसल बन्द, ज्योति विकास बैंक र मुक्तिनाथ विकास बैंकलाई संचालन अनुमति

२०७८ बैशाख ३

काठमाडौं प्लाजा सिल, सबै पसल बन्द, ज्योति विकास बैंक र मुक्तिनाथ विकास बैंकलाई संचालन अनुमति
काठमाडौं प्लाजा सिल, सबै पसल बन्द, ज्योति विकास बैंक र मुक्तिनाथ विकास बैंकलाई संचालन अनुमति

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल ट्रष्टले काठमाडौं प्लाजा सिल गरेको छ। समयसीमा भित्र प्लाजा खाली नगरेपछि ट्रष्टले विहीबार सिल गरेको हो।सील गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ।

प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्ण रुपमा बन्द भएका छन्। प्लाजामा संचालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिवद्धता गरेकाले बन्द नगरिएको ट्रष्टले जनाएको छ।

काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ। सो भवन नेपाल ट्रष्टले काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता गरिसकेको छ।

असार २ गते नै सम्झौता सकिएकाले खाली गर्न ट्रष्टले निर्देशन दिएको थियो। कन्सेप्ट डेभलपर्ससँग २०५० असार ३ गते २७ वर्षका लागि यो ठाउँ भाडामा दिइएको थियो। कम्पनीले २५ वर्षका लागि लिज अवधि थप्न गरेको प्रस्ताव अस्वीकार भएको थियो।