BIZMANDU
www.bizmandu.com

हुण्डाइ मोटर्स अब विद्युतीय गाडीको बजार विस्तारमा, सन् २०२२ देखि बर्सेनि इभी सार्वजनिक गर्दै

२०७८ बैशाख ३

हुण्डाइ मोटर्स अब विद्युतीय गाडीको बजार विस्तारमा, सन् २०२२ देखि बर्सेनि इभी सार्वजनिक गर्दै
हुण्डाइ मोटर्स अब विद्युतीय गाडीको बजार विस्तारमा, सन् २०२२ देखि बर्सेनि इभी सार्वजनिक गर्दै

Tata
GBIME
Nepal Life

दक्षिण कोरियाली सवारी उत्पादक बहुराष्ट्रिय कम्पनी हुण्डाइ मोटर ग्रुपले विश्व बजारमा अब इलेक्ट्रिक गाडी उत्पादनमा जोड दिने भएको छ।

संसारभर प्रमुख सवारी उत्पादक कम्पनीहरु सबैजसोको ध्यान इलेक्ट्रिक भेहिकल (इभी) का नयाँ नयाँ मोडल ल्याउन केन्द्रीत भएका बेला हुण्डाइले पनि यसलाई अपनाउने भएको हो। हुण्डाइले इभी उत्पादन थालिसकेको छ। बजार विस्तारका क्रममा आउँदो वर्ष सन् २०२२ देखि चीनमा बर्सेनि इभीका नयाँ मोडल सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ।

कम्पनीले सन् २०३० सम्ममा हुण्डाइ मोटर र किया कर्पमार्फत २१ वटा सिरिजको हाइब्रिड, फ्युल र इभी सिरिजका गाडी उत्पादन गर्ने योजना रहेको जनाएको छ। दक्षिण कोरियामा मात्रै तीन वटा रीसर्च डिभिजन रहेको हुण्डाइका अमेरिकाको क्यालिफोर्निया डिभिजनमार्फत नियन्त्रित जर्मनी, जापान र इन्डियामा गाडीको डिजाइन र मोडल विकासका युनिटहरू छन्।

सन् १९९५ को सिओल मोटर शोमा पहिलो हाइब्रिड-इलेक्ट्रिक मोडल उतारेको कम्पनीको पछिल्लो उत्पादन 'कोना' निकै सफल मोडलमध्येको हो। कोनालाई हुण्डाइले २०१७ मा ल्याएको हो। 

नयाँ सिरिजका गाडी उत्पादन गर्ने क्रममा कम्पनीले सन् २०२५ देखि चीनमा १४ वटा ग्यासोलिन इन्जिनयुक्त उत्पादनको बिक्री भने बन्द गर्ने भएको छ।