BIZMANDU
www.bizmandu.com

साहसिक पर्यटनमा लगानी बढ्दो, पर्वतमा ११ करोड लगानीमा रिसोर्टसहित जीपलाइन र सिसाको स्काइ ब्रिज

२०७८ बैशाख ३

साहसिक पर्यटनमा लगानी बढ्दो, पर्वतमा ११ करोड लगानीमा रिसोर्टसहित जीपलाइन र सिसाको स्काइ ब्रिज
साहसिक पर्यटनमा लगानी बढ्दो, पर्वतमा ११ करोड लगानीमा रिसोर्टसहित जीपलाइन र सिसाको स्काइ ब्रिज

Tata
GBIME
Nepal Life

काठमाडौं। कुश्मास्थित हारनेस जीपलाइनले ११ करोड रुपैयाँको लगानीमा रिसोर्टसहित तीनवटा एडभेन्चरस प्रोडक्ट ल्याउने भएको छ।

कम्पनीले रिसोर्ट सहित जीपलाइन, ह्युमन स्लीङसट, सिसाको स्काइ ब्रिज लगायत सेवा ल्याउन लागेको कम्पनीका अध्यक्ष विदुर पौडेलले बताए। एकै पटकमा दुई अलग लाइनमा सुपरम्यान र क्लासिक लगायत दुई किसिमका जीपलाइनको ८० प्रतिशत काम सम्पन्न भइसकेको अध्यक्ष पौडेलले जानकारी दिए।

'कुश्माको चाक्लेडिलबाट सुरु हुने जीपलाइनले दुई पटक कालीगण्डकी नदी पार गर्ने हुँदा थप एड्भेन्चर हुनेछ। साउने बौरमा 'बिच' डिजाइनमा बन्ने रिसोर्टमा जीपलाइनको ल्याण्डिङ हुने भएकोले थप रोमान्चक हुनेछ,' अध्यक्ष पौडेलले भने।

कम्पनीले यही वैशाखभित्र जीपलाइन सेवा सुरु गर्ने योजना रहेको र दोस्रो चरणमा एकै पटकमा चार जना खेल्न मिल्ने हाइड्रोलिक पिङ, ह्युमन स्लीङसट, सिसाको स्काइ ब्रिज र स्वीमिङ पुल सहितको रिसोर्ट निर्माण गर्ने योजना रहेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए।

करिब ७० जनाको क्षमताको रिसोर्ट आगामी दशै सम्म निर्माण सकिने उनले बताए। रिसोर्टमा राजकुमार बस्नेत, सुनिलसिंह बाँनिया, विदुर पौडेल, रामचन्द्र जोशी, सूर्यबहादुर क्षेत्री, नरेन्द्रबहादुर खत्री र सागर जोशी लगायत छन्।