BIZMANDU
www.bizmandu.com

रिद्धिसिद्धि सिमेन्टको नयाँ वर्षमा ‘शिलान्यास रिद्धि सिद्धिसँग’, ग्राहकलाई पूजा सामाग्री

२०७८ बैशाख २

रिद्धिसिद्धि सिमेन्टको नयाँ वर्षमा ‘शिलान्यास रिद्धि सिद्धिसँग’, ग्राहकलाई पूजा सामाग्री
रिद्धिसिद्धि सिमेन्टको नयाँ वर्षमा ‘शिलान्यास रिद्धि सिद्धिसँग’, ग्राहकलाई पूजा सामाग्री

Tata
GBIME
Nepal Life

काडमाडौं। रिद्धिसिद्धि सिमेन्टले नयाँ वर्षको अवसर पारेर ग्राहकका लागि एक शिलान्यास पूजा सामाग्री सेट प्रदान गर्ने भएको छ।

निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित रिद्धि सिद्धि सिमेन्टले केही महिनाअघि 'शिलान्यास रिद्धि सिद्धिसँग' नामक योजना ल्याएको थियो। 

यही योजनालाई निरन्तरता दिँदै नयाँ वर्ष २०७८ को अवसरमा शिलान्यास गर्न चाहने ग्राहकलाई सानो भेट स्वरूप एक शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने भएको हो। 

कम्पनीले प्रदान गर्ने पूजा सेटमा तामाको कलश ५ थान, चाँदीको कछुवा १ थान, चाँदीको नाग र नागिन १ जोडी, चाँदीको सिक्का १० ग्राम १ थान, हात्तीको प्रतिमा १ थान, जौ, तील, कुश १ प्याकेट, पञ्चरत्न धातु १ थान, सलाई १ थान, बाटेको धुप १ प्याकेट र कपुर १ थान रहने छ। 

योजनाको लाभ उठाउन ग्राहकले कम्पनीका विभिन्न नम्बरमा फोन गर्नुपर्ने हुन्छ। कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्युआर कोड स्क्यान गरी रिद्धि सिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नु पर्नेछ। अथवा, रिद्धि सिद्धि सिमेन्टको आधिकारिक बिक्रेतामा सम्पर्क राख्नु पर्नेछ। 

यो योजना प्रथम १००० उपभोक्तालाई मात्र लागु हुनेछ र यसका लागि न्यूनतम शिलान्यासको अवसरमा १०० बोरा खरिद गरिएको हुनुपर्नेछ।