BIZMANDU
www.bizmandu.com

कार्यकाल सकिन साढे दुई महिना बाँकी छँदा गोविन्द गुरुङले सिभिल बैंक छाडे, विदेशी बैंकमा जाने 

२०७८ बैशाख २

कार्यकाल सकिन साढे दुई महिना बाँकी छँदा गोविन्द गुरुङले सिभिल बैंक छाडे, विदेशी बैंकमा जाने 
कार्यकाल सकिन साढे दुई महिना बाँकी छँदा गोविन्द गुरुङले सिभिल बैंक छाडे, विदेशी बैंकमा जाने 


Tata
GBIME
Nepal Life

काठमाडौं। कार्यकाल सकिन साढे दुई महिना बाँकी छँदा गोविन्द गुरुङले सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा गरेका छन्।

उनले विदेशस्थित बैंकमा राम्रो काम पाएको अनौपचारिक जानकारी केही निकटहरुलाई बताइसकेका छन्। सञ्चालक समितिमा भने उनको राजीनामा पुगिसकेको छैन। सञ्चालक समितिका सदस्यहरुलाई अनौपचारिक रूपमा राजीनामाका बारेमा जानकारी भने गराइसकिएको छ।

गुरुङको ठाउँमा सुनिलकुमार पोखरेललाई प्रमुख कार्यकारी बनाउने तयारी सञ्चालक समितिको छ। सुनिल सिभिलमा जोडिएपछि पछिल्लो समय व्यापार बढेको छ। सुनिल अहिले नायब प्रमुख कार्यकारी अधिकृत छन्।

गुरुङको कार्यकाल साउन १२ गते सकिँदै थियो। उनी सिभिलको नायब प्रमुख कार्यकारीबाट बढुवा भएर प्रमुख कार्यकारी भएका हुन्। बैंक सञ्चालक समितिले २०७४ बैशाख १७ गते नै प्रमुख कार्यकारी बनाए पनि जिम्मेवारी भने साउनबाट दिएको थियो।

गुरुङ २५ वर्षदेखि बैंकिङ क्षेत्रमा छन्। सन् १९९६ मे १९ बाट हिमालयन बैकबाट सिनियर अफिसरका रूपमा जागिर सुरु गरेका गुरुङले त्यहाँ ११ वर्ष बिताए। २००६ मा उनी ग्लोबल आइएमइ बैंक गए। त्यहाँ साढे तीन वर्ष काम गरेपछि उनी मेगा बैकमा डीजीएम भएका थिए। 

मेगा बैंकमा साढे दुई वर्ष बिताएपछि गुरुङ सिभिल बैंकको नायब प्रमुख कार्यकारीका रूपमा भित्रिएका थिए। २०१२ बाट उनी सिभिलमा छन्। उनी त्रिभुवन विश्वविद्यालयबाट एमबीए हुन्।