BIZMANDU
www.bizmandu.com

नयाँ वर्षमा पोखराको रत्नचोकमा खुल्यो ‘पाण्डा केक’, छिट्टै लेखनाथमा अर्को आउटलेट खोल्ने

२०७८ बैशाख १

नयाँ वर्षमा पोखराको रत्नचोकमा खुल्यो ‘पाण्डा केक’, छिट्टै लेखनाथमा अर्को आउटलेट खोल्ने
नयाँ वर्षमा पोखराको रत्नचोकमा खुल्यो ‘पाण्डा केक’, छिट्टै लेखनाथमा अर्को आउटलेट खोल्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नयाँ वर्षमा पोखरास्थित रत्नचोकमा नयाँ केक शप संचालनमा आएको छ। पछिल्लो समय हरेक उत्सवमा आइरहेको 'केक' को मागलाई मध्यनजर गर्दै 'पाण्डा केक' संचालनमा ल्याइएको संचालक अशोक खड्काले बताए।

छ वर्ष अगाडिदेखि 'केक' व्यवसायमा आवद्ध खड्काले आफ्नो अनुभवलाई मौलिक रुप दिएको उनले बताए। 'सन् २०१५ देखि विभिन्न कम्पनीसँगको सहकार्यमा 'अनलाइन केक' व्यवसायमा आवद्ध थिएँ। पोखरा फर्किसकेपछि यही व्यवसायलाई एक वर्षसम्म निरन्तरता दिएको थिए,' संचालक खड्काले भने।

राम्रो इन्ग्रिडियन्स प्रयोग गरेर केक उत्पादन गरेको बताउँदै खड्काले भने-'हामी सकेम्म अलिकति मूल्य महँगो परेपनि राम्रो सामान प्रयोग गरेका छौं।' फागुनदेखि आउटलेट बनाउन सुरु गरेको बताउँदै उनले लेखनाथमा छिट्टै अर्को आउटलेट खोल्ने बताए। 'यो क्षेत्र बुझ्नका लागि हामीले थोरै लगानीमा यो व्यवसाय सुरु गरेका हौँ। निकट भविष्यमा लगानी थप्दै सेवा विस्तार गर्ने योजना बनाएका छौँ,'  उनले भने। 

केकशपमा २० जना अट्ने क्षमता छ। आउटलेटबाट अनलाइन खरीद र बिक्री समेत हुँदै आएको छ। संचालक खड्का र उनकी बहिनी अनुजा खड्काको यसमा लगानी छ। आउटलेटमा ग्राहकले रेड भेल्वेट, व्हाइट फरेष्ट, ब्ल्याक फरेष्ट, बटर स्कच लगायत विभिन्न फ्लेबरका केकको स्वाद लिन सक्नेछन्। आउटलेटमार्फत ग्राहकले न्यूनतम छ सय ५० रुपैयाँ देखिको केक खरिद गर्न सक्नेछन्। 

शान्त भद्र र हँसिलो मानिने जनावर पाण्डा र केक प्रयोजनको अर्थ उस्तै रहेको कारण आउटलेटको नाम पाण्डा केक राखिएको उनले जानकारी दिए। 'पाण्डा भन्ने वित्तिकै ह्यापिनेसको सिम्बोल हो र यो जनावरलाई 'क्युट एनिमल' भनेर चिनिन्छ। केक पनि खुसियाली र उत्सवका लागि प्रयोग गरिन्छ। यस कारण हामीले आउटलेटको नाम 'पाण्डा केक' राखेका हौँ,' उनले भने।