BIZMANDU
www.bizmandu.com

एक्सयुभी ५०० सिरिजका गाडी उत्पादन बन्द गर्दै  महिन्द्रा, अबको मोडेल एक्सयुभी ७०० मा जोड

२०७७ चैत्र ३१

एक्सयुभी ५०० सिरिजका गाडी उत्पादन बन्द गर्दै  महिन्द्रा, अबको मोडेल एक्सयुभी ७०० मा जोड
एक्सयुभी ५०० सिरिजका गाडी उत्पादन बन्द गर्दै  महिन्द्रा, अबको मोडेल एक्सयुभी ७०० मा जोड

Tata
GBIME
Nepal Life

गाडी उत्पादक भारतीय कम्पनी महिन्द्रा एण्ड महिन्द्राले आफ्नो नयाँ मोडल एक्सयुभी ७०० सार्वजनिक गरे लगत्तै एक्सयुभी ५०० को उत्पादन बन्द गर्ने निर्णय गरेको छ।

कम्पनीले नयाँ मोडललाई आउँदो वर्ष सन् २०२२ मा सार्वजनिक गर्ने योजना बनाएको छ। एक्सयुभी ५०० को साटो अब नयाँ मोडलमा कम्पनीले ध्यान केन्द्रित गर्ने भएको छ। 

नयाँ प्लान्ट 'डब्लु ६०१ एसयुभी प्लाटफर्म' मा डिजाइन गरिएको नयाँ मोडल एक्सयुभी ५०० कै नयाँ संस्करण हुने कम्पनीले जनाएको छ। सन् २०११ मा सार्वजनिक भएको एक्सयुभी ५०० कम्पनीको फ्ल्यागसिप मोडल हो। बोलेरो, स्करपिओ र थारपछि स्पोर्ट्स युटिलिटी भेहिकल (एसयुभी) अन्तर्गत महिन्द्राले एक्सयुभी ५०० बजारमा ल्याएको थियो।

यो गाडीको माग घट्दै गएपछि कम्पनीले टीयुभी ३००, अलटरास जी-फोर र एक्सयुभी ३०० उत्पादन सुरु गरेको थियो। बजार समीक्षापछि महिन्द्राले सातसिटे एसयुभी क्वान्टोको उत्पादन बन्द गरिरसकेको छ। 

हुण्डाइको क्रेटा, कियाको सेल्टोस, जिप कम्पास लगायत एसयुभी आएसँगै प्रतिस्पर्धी बजारमा एक्सयुभी ५०० को माग घट्दै गएको कम्पनीले जनाएको छ। यही नामबाट उत्पादन नगरे पनि महिन्द्राले एक्सयुभी ५०० ब्राण्डलाई भने कायम नै राख्ने भएको छ।   

कम्पनीले अब सार्वजनिक  गर्न लागेको एक्सयुभी ७०० नयाँ संस्करणको वर्ल्ड क्लास सेफ्टी विशेषता जडान गरिने भएको छ। पेट्रोल र डिजल लगायत दुवै अप्सनमा ल्याइने नयाँ गाडीमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन समावेश गरिएको कम्पनीले जनाएको छ। अल ह्विल ड्राइभ क्षमता समावेश गरिएको गाडीमा इल्क्ट्रोनिक पार्किङ ब्रेक, एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम लगायतका सुविधा जडान गरिएको कम्पनीले जनाएको छ।

यात्रु र चालक सुरक्षालाई मध्य नजर गर्दै गाडीमा ६ वटा एयरब्याग, एन्टी लक्ड ब्रेकिङ सिस्टम, चार वटा डिस्क ब्रेक लगायतका विशेषता हुनेछन्। कम्पनीका अनुसार गाडीमा एलइडी हेडलाइट, एलइडी डे टाइम रनिङ लाइट, लार्ज ग्रिल, स्पोर्टी अलोइ व्हिल, एलइडी टेल लाइट लगायत जडान गरिएको छ। 

अत्याधुनिक प्रविधि जडान गरिएको गाडी भित्र चालक तथा यात्रुले एप्पल कारप्ले, एण्ड्रोइड अटो, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सनरुफ लगायत सुविधा जडान गरिएको कम्पनीले जनाएको छ। पञ्जाबको लुधियानामा मुख्य प्लान्ट र मुम्बइमा मुख्य कार्यालय रहेको महिन्द्रा ७५ वर्ष पुरानो कम्पनी हो। सेनाले प्रयोग गर्ने सवारी पनि यसले उत्पादन गर्ने गरेको छ।