BIZMANDU
www.bizmandu.com

तरलता अभाव हुँदै गर्दा बैंकले निक्षेपको ब्याज दर उल्टै घटाए, बचतको ब्याज धेरै घट्यो, कसको कति?

२०७७ चैत्र ३१

तरलता अभाव हुँदै गर्दा बैंकले निक्षेपको ब्याज दर उल्टै घटाए, बचतको ब्याज धेरै घट्यो, कसको कति?
तरलता अभाव हुँदै गर्दा बैंकले निक्षेपको ब्याज दर उल्टै घटाए, बचतको ब्याज धेरै घट्यो, कसको कति?


काठमाडौं। नयाँ वर्षका लागि बैंकहरुले मिश्रित ब्याज प्रकाशित गरेका छन्। केही बैंकले घटाएका छन् भने केहीले बढाएका छन्।

Tata
GBIME
Nepal Life

केही बैंकले बचतको ब्याज तल-माथि गरेका छन् भने केहीले मुद्दतीको मात्र चलाएका छन्। तरलता अभाव हुन थालेको अवस्थामा केही बैंकले आश्चर्यजनक रूपमा ब्याज घटाएका छन्। आम अनुमान ब्याज बढ्छ भन्ने थियो।

बैशाख १ गतेबाट लागू हुने गरी अधिकांश बैंकले ब्याज दर प्रकाशित गरेका छन्। केहीको भने अझै बाँकी छ।

मंगलबार २० वाणिज्य बैंकले ब्याज प्रकाशित गरेका छन्। धेरैजसोले ब्याजलाई यथावत नै राखेका छन्। 

कुन बैंकको कति?
नबिल बैंकले चैतमा २.५१ प्रतिशत दिँदै आएको बचतको ब्याज घटाएर १.५१ प्रतिशतमा झारेको छ। यसै आधारमा अधिकतम बचतको ब्याज ४.५१ प्रतिशतबाट ३.५१ प्रतिशतमा आएको छ। बचतको ब्याज घटेसँगै मुद्दती निक्षेपमा पनि त्यसको असर देखिएको छ। ७.५१ प्रतिशतको ब्याज ६.५१ प्रतिशतमा आएको छ। 

माछापुच्छ्रे बैंकले बचतको ब्याज २ देखि ४ प्रतिशतलाई निरन्तरता दिएको छ। मुद्दतीको ब्याज सात प्रतिशत यथावत कायम गरेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंकले बचतको न्यूनतम ब्याज दर २ प्रतिशतलाई बढाएर २.२५ प्रतिशत पुर्‍याएको छ। अधिकतम ब्याज ४ प्रतिशत यथावत राखेको छ। मुद्दती खातातिर सात प्रतिशतको ब्याजलाई ७.२५ प्रतिशत पुर्‍याएको छ।

एनएमबि बैंकले बचतको ब्याज दर घटाएको छ। बैंकले ३.१ देखि ५.१ प्रतिशतसम्म दिँदै आएको ब्याज दरलाई घटाएर २ देखि ४ प्रतिशत कायम गरेको छ। मुद्दतीको ब्याज दर अधिकतम ८ प्रतिशतबाट ७ प्रतिशतमा झारेको छ।  

प्रभु बैंकले पनि बचत र मुद्दतीको ब्याज दर यथावत राखेको छ। मुद्दतीमा अधिकतम सात प्रतिशत र बचतमा २ देखि ४ प्रतिशत दिने छ।

हिमालयन बैंकले बचतको ब्याज २ देखि ४ प्रतिशत यथावत राखेको छ। मुद्दतीको ब्याज पनि यथावत छ। अधिकतम सात प्रतिशत दिने छ। 

कुमारी बैंकले बचतको ब्याज बढाएको छ। न्यूनतम २ देखि ४ प्रतिशत दिँदै आएको बैंकले बैशाख १ गतेबाट लागू हुने गरी २.५३ देखि ४.५३ प्रतिशत दिने घोषणा गरेको छ। मुद्दती निक्षेपमा बैंकले अधिकतम ब्याज ७.२५ प्रतिशत पुर्‍याएको छ। यसअघि सात प्रतिशत मात्र थियो।

राष्ट्रिय वाणिज्य बैंकले बचतको ३ देखि ५ प्रतिशतको ब्याजलाई निरन्तरता दिएको छ। मुद्दतीमा बैंकले ७.२५ प्रतिशतलाई निरन्तरता दिएको छ।

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले पनि बचतको ब्याजलाई निरन्तरता दिएको छ। बैंकले बचतमा ३ देखि ५ प्रतिशतसम्म दिने छ। मुद्दतीको ब्याज ८ प्रतिशतलाई निरन्तरता दिएको छ।

सरकारी स्वामित्वको अर्को बैंक नेपाल बैंकले बचतमा २.५ देखि चार प्रतिशत ब्याजलाई निरन्तरता दिएको छ। मुद्दतीमा पनि बैंकले सात प्रतिशतलाई यथावत राखेको छ।

बैंक अफ काठमाण्डू (बीओके) ले बचतको ब्याज बढाएको छ। बैंकले २ देखि ३.५ प्रतिशतसम्म दिँदै आएको ब्याजलाई ३.१ देखि ४.६ प्रतिशत पुर्‍याएको हो। बैंकको मुद्दतीको ब्याज अधिकतम सात प्रतिशतबाट ७.६ प्रतिशत पुगेको छ।

नेपाल एसबीआइ बैंकले बचतको सबै ब्याज दर ३ प्रतिशत कायम गरेको छ। यसअघि २ देखि ३ प्रतिशत दिँदै आएको थियो। मुद्दतीको ब्याज दर बढाएको छ। संस्थागत निक्षेपकर्ताले अधिकतम साढे ६ प्रतिशत पाउँदै आएकोमा अब ८ प्रतिशत पाउने छन्। सर्वसाधारणले सात प्रतिशत पाउँदै आएकोमा अबदेखि साढे सात प्रतिशत पाउने छन्।

मेगा बैंकले बचतको ब्याज दर सबैभन्दा धेरै घटाएको छ। ३.५ देखि ५.५ प्रतिशतसम्म दिँदै आएको बैंकले नयाँ वर्षमा १.७५ देखि ३.५ प्रतिशत कायम गरेको छ। मुद्दतीमा ७.२५ प्रतिशतसम्म दिँदै आएको ब्याज ६.७५ प्रतिशतमा झारेको छ। 

सिद्धार्थ बैंकले बचतको ब्याज दर २ देखि ४ प्रतिशतलाई यथावत राखेको छ। मुद्दतीको पनि अधिकतम सात प्रतिशतलाई निरन्तरता दिएको छ।

कृषि विकास बैंकले ३.५ देखि पाँच प्रतिशतसम्मको ब्याजलाई निरन्तरता दिएको छ। मुद्दतीको अधिकतम सात प्रतिशतलाई ७.२५ प्रतिशत पुर्‍याएको छ। 

सनराइज बैंकले २.५ देखि ४ प्रतिशतसम्मको ब्याज दरलाई घटाएको छ। बचतको ब्याज २ देखि ३.५ प्रतिशतमा झारेको छ। मुद्दती निक्षेपको ब्याज दर सात प्रतिशतलाई भने निरन्तरता दिएको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचतको २.२५ देखि ४ प्रतिशतको ब्याज दरलाई निरन्तरता दिँदै मुद्दतीको अधिकतम ब्याज दर ६ प्रतिशत यथावत राखेको छ। 

एभरेष्ट बैंकले बचतको २ देखि ४ प्रतिशत ब्याजलाई निरन्तरता दिँदै मुद्दतीको अधिकतम ब्याज ६.७५ प्रतिशतलाई पनि यथावत राखेको छ। 

सेञ्चुरी कमर्सियल बैंकले २.७५ देखि ४.७५ प्रतिशतको बचतको ब्याजलाई निरन्तरता दिएको छ। मुद्दतीको ब्याज दर ७.७५ प्रतिशतसम्मलाई यथावत राखेको छ।

प्राइम कमर्सियल बैंकले बचतको तल्लो ब्याज दर बढाएको छ। २.५ प्रतिशत दिँदै आएकोमा बढाएर ३.५१ प्रतिशत पुर्‍याएको छ। माथिल्लो सीमा ४.५ प्रतिशतलाई यथावत राखेको छ। मुद्दतीको साढे सात प्रतिशतको ब्याजलाई ८ प्रतिशत पुर्‍याएको छ।