BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री ओलीले गोल्छालाई भने-‘चिया पसल र दाह्री काट्ने पसल खोल्न विदेशी लगानी ल्याउने हो?’

२०७७ चैत्र २९

प्रधानमन्त्री ओलीले गोल्छालाई भने-‘चिया पसल र दाह्री काट्ने पसल खोल्न विदेशी लगानी ल्याउने हो?’
प्रधानमन्त्री ओलीले गोल्छालाई भने-‘चिया पसल र दाह्री काट्ने पसल खोल्न विदेशी लगानी ल्याउने हो?’

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच लाख डलर भन्दा कम विदेशी लगानी भित्र्याउनै नहुने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभामा बोल्दै साना लगानी स्वदेशी उद्यमीबाटै हुनुपर्ने बताए। ‘पाँच लाख डलर भन्दा कम ल्याउन नदिएर स्टार्टअप कम्पनीलाई कठिन भयो भन्ने कुरा आयो। त्यसो भए चिया पसल र दाह्री-कपाल काट्ने लगानीका लागि त्यो भन्दा कम लगानी विदेशबाट ल्याउनुपर्छ भनिएको हो?,’ प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘पाँच लाख डलर भन्दा कम ल्याउन दिएर त्यो विदेशीले के गर्छ?’

उनले थौरै लगानी भित्र्याउन दिएमा फोहोर मात्रै गर्ने बताउँदै भने- ‘त्यस्तो पैसा ल्याउने व्यवसायी मात्रै भित्र्याउँदा अर्को बन्चरे डाँडो मात्रै खोज्नुपर्ने अवस्था हुन्छ।’ प्रधानमन्त्री ओलीले सानो लगानीमा विदेशी भित्र्याउने विषयमा उद्योगी व्यवसायी समेत स्पष्ट हुनुपर्ने बताए। ‘तपाइँहरुले भन्नुहुन्छ भने छलफल गर्न तयार छु। तर त्यो किन र कसका लागि भित्र्याउने?,’ उनले भने, ‘पाँच लाख डलर पनि नल्याउनेले आफ्नो देश फिर्ता हुने हवाइ टिकट कसरी किन्ला?’ महासंघका अध्यक्ष शेखर गोल्छाले पाँच लाख डलर भन्दा कम विदेशी लगानी ल्याउन नपाउँदा स्टार्टअप कम्पनीलाई अप्ठेरो परेको बताएका थिए।

ओलीले लगानीकर्ता मात्रै नभएर खर्च गर्ने पर्यटक भित्र्याउनुपर्ने बताए। ‘भुटानले यति खर्च गर्ने भए मात्रै आफ्नो देशमा पर्यटक ल्याउँछ। मालदिभ्सले अरु केही पनि नल्याउँ। मनग्ये पैसा भएको कार्ड ल्याउँ र खर्च गर भन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो पशुपतिमा खानेकुरा, ग्यास सबै ल्याउँछ। यहाँ फोहोर मात्रै गरेर जाने पर्यटक आउँछन्।’ उनले धार्मिक पर्यटक मात्रै नभएर अरु क्षेत्रमा आउने पर्यटक समेत खर्च गर्ने नआएको बताए।