BIZMANDU
www.bizmandu.com

प्रेमबहादुर श्रेष्ठलाई चेम्बर लाइफ टाइम अवार्ड, ‘प्रत्यक्ष राष्ट्रपति निर्वाचनमा जानुपर्छ’

२०७७ चैत्र २६

प्रेमबहादुर श्रेष्ठलाई चेम्बर लाइफ टाइम अवार्ड, ‘प्रत्यक्ष राष्ट्रपति निर्वाचनमा जानुपर्छ’
प्रेमबहादुर श्रेष्ठलाई चेम्बर लाइफ टाइम अवार्ड, ‘प्रत्यक्ष राष्ट्रपति निर्वाचनमा जानुपर्छ’

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई सम्मान गरे।

चेम्बरको ७०औं वार्षिक साधारणसभामा सम्मानित भएपछि श्रेष्ठले मन्तव्य पनि दिए। ९० वर्ष पुगेका श्रेष्ठ सोल्टी होटलको मेगा मल्हार हलमा उभिएर उनले प्रधानमन्त्री ओलीलाई समेत राजनीतिक सुझाव दिए। उनले अहिलेको शासन पद्धतिमा सुधार आवश्यक रहेको बताउँदै प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन प्रणाली अख्तियार गरे मात्रै मुलुकको विकास सम्भव भएको बताए।

‘अहिलेको निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो छ। यो खर्चिलो निर्वाचन प्रणालीका कारण विकास सम्भव छैन। राष्ट्रपतीय निर्वाचन गरेर विभिन्न क्षेत्रका विज्ञलाई मन्त्री बनाउने व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘संसदमा निर्वाचित भएकाले देश विकासको ऐन नियम बनाउने हो भने भ्रष्टाचार पनि न्यून हुन्छ र विकासले पनि गति लिन्छ।’

श्रेष्ठले पहाडमा सामान्य परिवारबाट आएर १२ वटा उद्योगको मालिक बनेको बताउँदै भने- ‘यति सुन्दर देश भएपनि व्यवस्थापन गर्न नसक्दा गरिबीबाट माथि उठ्न सकेका छैनौ। विदेशमा जाँदा कसैले आफ्नो देशको परिचय दिँदा लेबर कन्ट्री भन्ने गर्छन्। त्यसले मेरो आत्मा धेरै दुख्ने गरेको छ।’