BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री ओलीले व्यवसायीलाई दर्शनको पाठ पढाउँदै भने-‘व्यापारीलाई इमान कायम गर्न कठिन छ’

२०७७ चैत्र २६

प्रधानमन्त्री ओलीले व्यवसायीलाई दर्शनको पाठ पढाउँदै भने-‘व्यापारीलाई इमान कायम गर्न कठिन छ’
प्रधानमन्त्री ओलीले व्यवसायीलाई दर्शनको पाठ पढाउँदै भने-‘व्यापारीलाई इमान कायम गर्न कठिन छ’

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीले चेम्बरको ७०औं वार्षिक साधारणसभामा उद्योगी व्यवसायीलाई विभिन्न दर्शनका बारेमा पाठ पढाएका छन्।

राजनीतिक र आर्थिक भन्दा दर्शनमा केन्द्रित रहेर ओलीले सदाचार र इमानको पाठ पढाएका थिए। ‘यहाँ राजनीतिज्ञलाई इमानमा हिड्न कठिन छ भन्ने कुरा आएको छ। तर व्यापारीलाई झन् इमान कायम गर्न गाह्रो छ। सत्यको मार्गमा हिड्न कठिन छ,’ उनले भने, ‘तर राजनीतिज्ञ र व्यापारी इमानमा हिड्न सक्यौ भने त्यसबाट ठूलो परिवर्तन ल्याउन सकिन्छ।’

ओलीले आफूले सत्यसँग नलड्ने र सत्यसँग नझुक्ने आचरण र जीवन पद्धति बनाएको बताउँदै सुकरातले समेत अन्तिम समय सम्म लड्दा जीवनवरण गर्नुपरेको बताए।

‘सुकरात जसले सत्यका लागि लडे। अन्तिममा उनी आफैले आफूलाई मृत्युदण्डको सजाय दिइओस भनेर घोषणा गरे। सुकरातले त विषको प्याला पिए। उनले मृत्य्दण्द कसरी दिने भन्दा पनि आफैले तरीका दिए। शरीर मात्र मार्ने हो भने झुन्ड्याएर घोचेर विष पिलाएर मार्न सकिन्छ। सम्पुर्ण रुपमा मार्ने हो भने न्यायाधिशको कुर्सीमा राखिदिनु जसले गर्दा भैतिक रुपमा मर्नेछु भनेका थिए,’ प्रधानमन्त्रीले भने।

ओलीले जापानी दार्शनिकको समेत उदाहरण दिँदै भने-'हि इज नो मोर एण्ड लेस द्यान अ सिङ्गल पर्सन'। 'नो वन सुड बि लेफ्ट बिहाइन्ड', यो फिलोसोफी आइडियोलोजी लिएर हामी हिडिरहेका छौँ।‘ उनले जर्मनी एकीकरणको उदाहरण दिँदै त्यसका पछाडि नित्सेको योगदानको समेत चर्चा गरे।