BIZMANDU
www.bizmandu.com

नबिल बैंकले ल्यायो नयाँ वर्षको अफर, दराज अनलाइनमा सपिङ गर्दा २०% सम्म क्यास ब्याक पाइने

२०७७ चैत्र २६

Tata
GBIME

काठमाडौं। नयाँ वर्षको अवसरमा नबिल बैंकले क्यास ब्याक अफर ल्याएको छ।

दराजसँगको साझेदारीमा बैंकले यस्तो अफर ल्याएको जनाएको छ।

साझेदारी अनुसार बैंकको डेविट कार्ड मार्फत खरिद गर्ने ग्राहकलाई १५ प्रतिशत छुट वा अधिकतम एक हजारसम्म छुट पाउने बैंकले जनाएको छ।

यस्तै क्रेडिट कार्ड मार्फतको खरिदमा २० प्रतिशत वा अधिकतम १५ सय सम्म क्यास ब्याक प्राप्त गर्ने बैंकले जनाएको छ।

यो अफर आगामी २९ गतेदेखि बैशाखको ७ गतेसम्म कायम रहने बैंकले  जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।