BIZMANDU
www.bizmandu.com

७० प्रतिशत आयकर तिर्ने मिति चैत मसान्तसम्म, पहिलो किस्ता कम बुझाएको भए संशोधन गर्न आग्रह

२०७७ चैत्र २६

Tata
GBIME

काठमाडौं। आन्तरिक राजस्व विभागले करदाताहरुलाई हिसाब मिलान गर्न आग्रह गरेको छ। पहिलो किस्तामा कम रकम बुझाएका व्यावसायीलाई दोस्रो किस्तामा ७० प्रतिशत रकम पुग्ने गरी हिसाब संशोधन गर्न भनेको हो।

कानुन अनुसार आयकरको पहिलो किस्ताको आयकर बुझाउन पुस महिनालाई तोकिएको हुन्छ। यो महिना ठूला कम्पनीहरुले निकै कम मात्रामा कर तिरेका थिए।

कोभिडको असर पर्ने भन्दै ठूला करदाताहरुले गत वर्षको तुलनामा ५० प्रतिशतसम्म कम कर दाखिला गरेका थिए। विभागले दोस्रो किस्तामा ७० प्रतिशत पुग्ने गरी हिसाब मिलाउन भनेको छ। 

आयकर ऐन २०५४ अनुसार दोस्रो किस्ता तिर्ने मिति चैत २५ गतेसम्म मात्रै भएपनि चैत मशान्तसम्म तिर्ने म्याद दिएको छ। यदि समयमै कर दाखिला नगरे जरिवाना तिर्नुपर्ने पनि विभागले जनाएको छ।