BIZMANDU
www.bizmandu.com

भारतमा दैनिक १ लाखभन्दा बढीमा संक्रमण देखिँदै, भारत हुँदै न्यूजिल्यान्डमा प्रवेश गर्न रोक

२०७७ चैत्र २६

Tata
GBIME
Nepal Life

भारतमा पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७८९ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै देशभर कूल संक्रमितको संख्या १ करोड २९ लाख २८ हजार ५७४ पुगेको छ।

भारतमा एक महिनायता संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ। जसकारण कयौं शहरहरुमा लकडाउन र कर्फ्यू लागू गरिएको छ। भारतमा अहिले ९ लाख १० हजार ३१९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

यस्तै, संक्रमणका कारण ६८५ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म १ लाख ६६ हजार ८६२ जनाको मृत्यु कोभिड १९ संक्रमणका कारण भइसकेको छ।

संक्रमण बढ्दै गएको विषयलाई मध्यनजर गर्दै न्यूजिल्यान्डले भारतबाट आफ्नो देश यात्रा गर्न कसैलाई पनि अनुमति नदिने घोषणा गरेको छ।

न्यूजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा अर्ड्रेनले भारतमा हाल रहेका न्यूजिल्यान्डका नागरिक सहित भारत हुँदै आउने सबैलाई प्रवेशमा रोक लगाइएको जानकारी दिइन्। यो निषेधाज्ञा अप्रिल ११ देखि अप्रिल २८ सम्म लागू हुनेछ।