BIZMANDU
www.bizmandu.com

मेगा बैंक र टर्किस एयरलाइन्सबीच व्यवसायिक सम्झौता, हवाई भाडामा विशेष छुट

२०७७ चैत्र २५

मेगा बैंक र टर्किस एयरलाइन्सबीच व्यवसायिक सम्झौता, हवाई भाडामा विशेष छुट
मेगा बैंक र टर्किस एयरलाइन्सबीच व्यवसायिक सम्झौता, हवाई भाडामा विशेष छुट

Tata
GBIME
Nepal Life

काठमाडौँ। टर्किस एयरलायन्सले मेगा बैंक नेपालका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई हवाई भाडामा विशेष छुट दिने भएको छ।

मेगा बैंककी नायब सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस एयरलायन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसीसीबीच हवाई सेवामा प्राथमिकता र छुट दिने सम्झौता भएको हो।

सम्झौता अनुसार, टर्किस एयरलायन्सले बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा विशेष छुट र एक्सट्रा लगेजको सुविधा दिने भएको छ। यो छुट टर्किस एयरलायन्सको काठमाण्डौंबाट उडान हुने अमेरिका र युरोपेली देशमा लागू हुने सम्झौतामा उल्लेख छ।