BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकले मृत्यु हक दाबी वापतको बीमा रकम हस्तान्तरण गर्‍यो

२०७७ चैत्र २५

Tata
GBIME
Nepal Life

काठमाडौं। महालक्ष्मी विकास बैंकले मृत्यु हक दाबी वापतको बीमा रकम हस्तान्तरण गरेको छ। बैंकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सहकार्यमा विपन्न वर्ग तथा कृषि कर्जामा गरिएको साना कर्जा अन्तर्गतको लघु अमृत म्यादी बीमा योजना अन्तर्गत कल्पना घर्ती र रविन बलामीलाई रकम हस्तान्तरण गरेको हो।

थाहा नगरपालिका वडा नम्बर १० का विष्णु मगर र थाहा नगरपालिका वार्ड नम्बर १का देगुमाया बलामीको मृत्यु हक दाबी वापतको ६ लाख ७५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी र नायब प्रवन्धक जोनश शर्माले मृतकका आफन्त घर्ती र बलामीलाई रकम हस्तान्तरण गरेका हुन्।

बैंकका अनुसार घर्तीलाई ५ लाख २५ हजार रुपैयाँ र बलामीलाई ८२ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको हो। कार्यक्रममा शाखा प्रवन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्नत कर्जा अन्तर्गत लघु अमृत म्यादी बीमा योजनाका बारेमा जानकारी दिएकी थिइन्।