BIZMANDU
www.bizmandu.com

खानेपानी महसुल निर्धारण आयोगको पदाधिकारी नियुक्ति प्रक्रिया सुरु, १५ दिनभित्र आवेदन दिन माग

२०७७ चैत्र २५

खानेपानी महसुल निर्धारण आयोगको पदाधिकारी नियुक्ति प्रक्रिया सुरु, १५ दिनभित्र आवेदन दिन माग
खानेपानी महसुल निर्धारण आयोगको पदाधिकारी नियुक्ति प्रक्रिया सुरु, १५ दिनभित्र आवेदन दिन माग

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले खानेपानी महसुल निर्धारण आयोगको पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाएको छ। अध्यक्ष र अन्य दुई सदस्य रहने व्यवस्था छ।

खानेपानी मन्त्रालयले १५ दिनभित्र इच्छुकले आवेदन दिन भनेर बुधबार सार्वजनिक विज्ञापन गरेको छ। 

खानेपानी तथा सरसफाई सेवाको महसुल निर्धारण गरी मनासिब मूल्यमा गुणस्तरीय र भरपर्दो खानेपानी तथा सरसफाई सेवा उपलब्ध गराई उपभोक्ताको हित संरक्षण गर्न खानेपानी महसुल निर्धारण आयोगको गठन गरिएको हो।

यसको अध्यक्ष हुन इञ्जिनियरिङ, व्यवस्थापन, अर्थशास्त्र वा वित्तीय व्यवस्थापनमा कम्तीमा स्नातक गरी सार्वजनिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी लिई कम्तीमा १२ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्छ। 

दुई सदस्यका लागि पनि फरक फरक योग्यता तोकिएको छ। 

अर्थशास्त्र, वित्तीय व्यवस्थापन वा विश्लेषण, चाटर्ड एकाउण्टेन्सी वा वाणिज्य शास्त्रमा कम्तीमा स्नातक गरी आर्थिक मूल्यांकन, लेखा वा वित्तीय विश्लेषण सम्बन्धी काममा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्येबाट सरकारले नियुक्ति गरेको एक जना सदस्य हुने छन्।

अर्को सदस्य पनि सरकारले नै नियुक्त गर्ने हो। इञ्जिनियरिङ, समाजशास्त्र वा कानून विषयमा कम्तीमा स्नातक गरी सम्बन्धित क्षेत्रमा कम्तिमा सात वर्षको अनुभव प्राप्त गरेका महिला, दलित र जनजातिमध्येबाट एक जनालाई नियुक्त गरिने छ।