BIZMANDU
www.bizmandu.com

विकास बैंकर्स संघको अध्यक्षमा प्रद्युमन पोखरेल चयन, सचिवमा महालक्ष्मीका देवकोटा सर्वसम्मत

२०७७ चैत्र २४

विकास बैंकर्स संघको अध्यक्षमा प्रद्युमन पोखरेल चयन, सचिवमा महालक्ष्मीका देवकोटा सर्वसम्मत
विकास बैंकर्स संघको अध्यक्षमा प्रद्युमन पोखरेल चयन, सचिवमा महालक्ष्मीका देवकोटा सर्वसम्मत

Tata
GBIME
Nepal Life

काठमाडौं। डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल सर्वसम्मत चयन भएका छन्। एसोसिएसनका अन्य पदाधिकारीहरु पनि सर्वसम्मत चयन भएका छन्। 

एसोसियसनको उपाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सीईओ सुयोग श्रेष्ठ, सचिवमा महालक्ष्मी बिकास बैंकका सीईओ बोधराज देवकोटा र कोषाध्यक्षमा कामना सेवा बिकास बैंकका सीईओ प्रविण बस्नेत चयन भएका छन्। 

यस्तै, लुम्बिनी विकास बैंकका नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रकाश पौडेल, ज्योति विकास बैंकका श्रीचन्द्र भट्ट,  सप्तकोशी डेभलपमेण्ट बैंकका नविन सुवेदी र ग्रीन डेभलपमेण्ट बैंकका उमेश कुमार आचार्य कार्यसमिति सदस्यमा चयन भएको एसोसिएसनले जनाएको छ। मंगलबार चितवनमा सम्पन्न एसोसिएसनको पन्ध्रौं वार्षिक साधारणसभाले पदाधिकारीहरु चयन गरेको छ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरी आजै कार्यभार सम्हालेका छन्। 

एसोसियसनको एजीएमले आ.व. २०७६-०७७ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आ.व. २०७७-०७८ को अनुमानित आयव्यय र लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ। नवनिर्वाचित अध्यक्ष पोखरेलले सबैको सहयोगबाट बिकास बैंकहरुको हकहितका लागि कार्य गर्न प्रतिबद्ध रहेको बताए।