BIZMANDU
www.bizmandu.com

ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर नेप्सेमा सूचीकृत, १२० देखि ३६० सम्मको मूल्य सीमा

२०७७ चैत्र २४

Tata
GBIME

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको दुई करोड २० लाख कित्ता साधारण सेयर नेप्सेमा सुचिकृत गरिएको हो।

कम्पनीले भर्खरै सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ निष्काशन गरेको थियो। कर्मचारी र सामुहिक लगानीकोषलाई छुट्ट्याएर ५९ लाख ४० हजार कित्ता सेयर पाँच लाख ९४ हजार सर्वसाधारणलाई बाँडिएको थियो।

कम्पनीको आइपीओमा हालसम्मकै सर्वाधिक १८ लाख बढी आवेदन परेको थियो। कम्पनीको नेटवर्थ १२० रुपैयाँ रहेकोले पहिलो कारोबारका लागि भने १२० रुपैयाँ देखि ३६० रुपैयाँ सम्मको मूल्य सीमा तोकिएको छ।