BIZMANDU
www.bizmandu.com

दराजको नयाँ वर्षको अफर सार्वजनिक, अनलाइन भुक्तानीमा छुटदेखि गाडी जित्ने मौका

२०७७ चैत्र २४

दराजको नयाँ वर्षको अफर सार्वजनिक, अनलाइन भुक्तानीमा छुटदेखि गाडी जित्ने मौका
दराजको नयाँ वर्षको अफर सार्वजनिक, अनलाइन भुक्तानीमा छुटदेखि गाडी जित्ने मौका


काठमाडौं। देशकै ठूलो अनलाइन बजार दराजले नयाँ वर्षको अवसरमा सेल योजना सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

चैत २९ देखि सुरु हुने गरी दराजले उपभोक्ताहरुलाई आकर्षक डिल, अफर, अनलाइन भुक्तानीमा छुटसँगै पुरस्कार स्वरुप ड्याट्सन रेडी गो गाडी जित्नसक्ने जनाएको छ। दराजले नयाँ वर्ष २०७८ को प्रमुख आकर्षणको रुपमा ग्राहकहरुले सीमित डेबिट वा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा एक हजारदेखि १५ सय रुपैयाँसम्म छुट पाउने सक्ने जनाएको छ।

डेबिट कार्ड प्रयोगकर्ताहरुले एक हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ सय रुपैयाँसम्म अतिरिक्त छुट पाउन सक्ने दराजले जनाएको छ। दराजले नबिल, सानिमा, एनएमबि, मेगा, कुमारी, माछापुच्छ्रे, सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र हिमालयन बैंकलाई पेमेन्ट पार्टनरको रुपमा तय गरेको छ।

उपभोक्ताहरुले इसेवा वालेटबाट भुक्तानी गरे सीमित घण्टाको लागि पाँच सय रुपैयाँसम्म विशेष छुट पाउन सक्ने जनाएको छ। त्यसैगरी, उपभोक्ताहरुले खेल १ रुपैयाँको, एड टू कार्ट, मिसन नव वर्ष २०७८ जस्ता खेलमा भाग लिइ उपहार जित्न सक्ने बताइएको छ।

उपभोक्तालाई मात्र नभएर दराजले विक्रेताहरुलाई पनि अफर सार्वजनिक गरेको छ। १९ चैतदेखि दराजले विक्रेताहरुलाई १४ दिनको सट्टा अब प्रत्येक सात दिनमा भुक्तानी प्रदान गर्ने जनाएको छ।

'विगत एक वर्ष कोरोना महामारीले निकै कठिन समय निम्त्याएको छ। तर, हामी विश्वस्त छौं नयाँ वर्ष २०७८ हामी सबैको लागि राम्रो समय रहनेछ। हामी हाम्रो नयाँ वर्षको भव्य सेल सुरु गर्न धेरै उत्साहित छौं। हजारौं विक्रेता र ब्रान्ड पार्टनरहरूको साथ हामी विभिन्न नयाँ उत्पादहरू, आश्चर्यजनक डिलहरू, रमाइला अफरहरु र अनलाइन भुक्तानीमा विशेष साझेदार छुटहरु लिएर आउदै छौं,' दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने।