BIZMANDU
www.bizmandu.com

रुरुको सेयर निष्कासन चार लाख सात हजार कित्ता, आवेदन एक करोड ८६ लाख कित्ताका लागि 

२०७७ चैत्र २४

Tata
GBIME
Nepal Life

काठमाडौं। रु रु जलविद्युत परियोजनाले निष्कासन गरेको सेयरमा एक करोड ८६ लाख ९७ हजार ५७९ कित्ताका लागि आवेदन परेको छ। कम्पनीको सेयर भर्न आज अझै एक दिन बाँकी छ। यो हिजो साँझसम्मको तथ्यांक हो।

संस्थाले कुल चार लाख सात हजार ७०६ कित्ता सेयर निष्कासन गरेको छ। न्युनतम १० कित्ता र अधिकतम तीन लाख ७९ हजार १६० कित्ता सेयरको लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयरमा १३ लाख ७ हजार २४२ जनाले आवेदन दिइसकेका छन्।

संस्थाले प्रति सेयर अंकित मूल्य रु १०० दरमा प्रिमियमबापत २० थप गरि १२० रुपैयाँ दरमा सेयर निष्कासन गरेको हो। जसमध्ये २ प्रतिशत अर्थात आठ हजार  १५४ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात २० हजार ३८५ सामूहिक लगानी कोषका लागि छुट्याएको छ।

बाँकी तीन लाख ७९ हजार १६७ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको संस्थाले जनाएको छ। धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी-आस्वा सदस्य बैंक वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट दरखास्त फारम पाउन वा बुझाउन सकिने छ। 'मेरो शेयर' बाट पनि खरिदका लागि दर्खास्त दिन सकिनेछ।

स्थानीयलाई आइपीओ बिक्री गरिसकेको रु रु जलविद्युतले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट उत्पादन गर्दै आएको छ। कम्पनीलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित जनाउने ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रीपल बी’ प्रदान गरेको छ ।