BIZMANDU
www.bizmandu.com

सामसङका बिभिन्न सामाग्री किन्दा ३५% सम्म छुट पाइने, नयाँ वर्षको अफर जेठ ११ सम्म

२०७७ चैत्र २३

सामसङका बिभिन्न सामाग्री किन्दा ३५% सम्म छुट पाइने, नयाँ वर्षको अफर जेठ ११ सम्म
सामसङका बिभिन्न सामाग्री किन्दा ३५% सम्म छुट पाइने, नयाँ वर्षको अफर जेठ ११ सम्म

Tata
GBIME
Nepal Life

काठमाडौं। सामसङले नयाँ वर्ष २०७८ को अवसरमा 'सुरुवात नयाँ उत्साहको' योजना सार्वजनिक गरेको छ। नयाँ वर्षको अवसरमा प्रदान गरिएको यस योजनामा ग्राहकहरुले सामसङका टेलिभिजन, रेफ्रिजरेटर तथा वासिङ मेसिनको खरिदमा ३५ प्रतिशतसम्मको छुट दिने कम्पनीले जनाएको छ।

सामसङ नेपालले प्रयोगकर्ताहरुलाई अधिकतम सुविधा प्रदान गर्दै जीवनस्तरलाई अझै सहज बनाउन सहयोग गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरेको जनाएको छ।

सामसङ नेपालले बेस्ट इन क्लास टिभीहरु उत्कृष्ट डिजाइन तथा इनोभेसनको साथ क्यूएलइडी, फोरके, यूएचडी एवम् फुल एचडी/एचडी स्मार्ट टेलिभिजन उपलब्ध गराइरहेको जानकारी दिएको छ। सामसङको क्यूएलइडी टिभी फोरके पिक्चर क्वालिटीमा उपलब्ध छ। 

यसमा क्वान्टम डट प्रविधिको प्रयोग गरिएको छ। टिभीमा फोरके एचडी भेरियन्टहरुले मल्टी भ्वाइस असिस्टेन्ट्स तथा फोरके प्रोसेसरले क्रिस्टल डिस्प्ले पिक्चर क्वालिटी प्रदान गर्ने कम्पनीले जनाएको छ। 

नयाँ वर्षको अवसरमा सामसङले साइड बाइ साइड, डबल तथा सिंगल डोर रेफ्रिजिरेटरहरुमा पनि छुट दिने जनाएको छ। सामसङले अत्याधुनिक कर्ड माएस्ट्रो विशेषता भएको रेफ्रिजरेटर पनि बिक्री गरिरहेको छ। यो सुविधा बजारमा उपलब्ध अन्य कम्पनीहरुको रेफ्रिजरेटरहरुमा उपलब्ध नभएको दाबी सामसङको छ। 

नयाँ कर्ड माएस्ट्रो रेफ्रिजरेटर पहिलो फ्रस्ट फ्रि रेफ्रिजरेटर भएकाले दही बनाउनुका साथै दहीलाई लामो समयसम्म टिकाइराख्न सक्ने सामसङले जनाएको छ।

यस्तै, सामसङले आधुनिक मानिएको स्पेसम्याक्स प्रविधिको साथ आकर्षक एवं उत्कृष्ट डिजाइनयुक्त रेफ्रिजिरेटर तथा डिजिटल इन्भर्टर प्रविधि युक्त रेफ्रिजरेटर बिक्री गरिरहेको छ। जसले कम विद्युत खपत गर्नुका साथै ट्विन कुलिङ प्लस प्रविधि रहेको सामसङले जनाएको छ। 

यसका साथै कम्पनीले सेमीअटोमेटिक, टप लोड, फ्रन्ट लोड वासर्स र ड्रायर्समा पनि नयाँ वर्षको अफर दिने जनाएको छ। सामसङका वासिङ मेसिनहरुमा इको बबल तथा हाइजिन स्टिम प्रविधिको प्रयोग गरिएको बताइएको छ। यो प्रविधिले ९९ प्रतिशत एलर्जेन फ्रि वासिङको सुनिश्चितता दिने सामसङले जनाएको छ। 

नयाँ इको बबल प्रविधिको वासिङ मेसिनमा  इन्टेलिजेन्ट एआइ कन्ट्रोल फिचरसमेतको सुविधा छ। जसले पर्सनलाइज युजर अनुभव प्रदान गर्ने दाबी सामसङको छ। 

सामसङले आफ्ना टिभिहरुमा दुई वर्ष वारेन्टी (१ वर्ष प्रोडक्ट तथा थप १ वर्ष प्यानलमा वारेन्टी) सुविधा दिइरहेको छ। त्यसैगरी रेफ्रिजरेटर तथा वासिङ मेसिनहरुमा १० वर्ष डीआइटी वारेन्टी दिइरहेको छ।

यस अवसरमा कम्पनीले निश्चित प्रोडक्टहरुको खरिदमा निःशुल्क जडान सुविधा दिने समेत बताएको छ। नयाँ वर्षको अफर चैत्र १९ गतेदेखि ११ जेठ, २०७८ सम्म लागू हुने कम्पनीले जनाएको छ।