BIZMANDU
www.bizmandu.com

बुढानिलकण्ठमा भ्यु टावरसहित २३ आवासीय क्लस्टर बन्दै, मूल्य २.७० करोडबाट सुरु


बुढानिलकण्ठमा भ्यु टावरसहित २३ आवासीय क्लस्टर बन्दै, मूल्य २.७० करोडबाट सुरु
बुढानिलकण्ठमा भ्यु टावरसहित २३ आवासीय क्लस्टर बन्दै, मूल्य २.७० करोडबाट सुरु

Tata
GBIME
Nepal Life

काठमाडौं। बुढानिलकण्ठमा ७३ करोड रुपैयाँको लागतमा आवासीय क्लस्टरसहितको भ्यूटावर निर्माण हुने भएको छ। बुढानिलकण्ठ भ्यु टावर प्रालि नामक कम्पनीले यो परियोजना ल्याएको हो।

भ्यु टावरलाई २३ वटा आवासीय घरले घेर्ने शीतल रियल इस्टेटका बिक्री प्रतिनिध रमेश खड्काले बताए। कुल दुई तलाका यी घरहरुमा ६ जना बस्न मिल्ने गरी तीन वटा बेडरुम, किचेन र हल निर्माण गरिने बताइएको छ। 

बुढानिलकण्ठ मन्दिरबाट डेढ किलोमिटरको दुरीमा निर्माण हुने उक्त घरहरु १८ सयदेखि २२ सय वर्गफीटको हुने खड्काले जानकारी दिए। घरहरु न्यूनतम ६/६ आनाको प्लटमा निर्माण गर्ने डिजाइन छ। कम्पनीले घरहरुको मूल्य न्यूनतम दुई करोड ७० लाख रुपैयाँ तोकेको उनले बताए।

'घर खरिद गर्ने उपभोक्ताहरुले घरको मूल्यबराबर कम्पनीको सेयरसमेत प्राप्त गर्नेछन्,' खड्काले भने। भ्यु टावरबाट हुने आम्दानीलाई घर किन्दा खर्चेको रकम लगानीअनुसार घरधनीहरुलाई नै वितरण गरिने उनले जानकारी दिए।  

भ्यु टावर कुल ६ तलाको बनाइने छ। भ्यु टावरको रुफटपमा रेष्टुरेन्ट, योगा र ध्यान केन्द्रसँगै सेमिनार र वर्कसप हलहरु निर्माण हुने उनले बताए। भ्यु टावरबाट ३६० डिग्रीमा काठमाडौं उपत्यका देखिने दाबी डेभलपरको छ। भ्यु टावर हरेक हप्ता तीन सयदेखि चार सय ५० जनाले भ्रमण गर्ने आकलन लगानीकर्ताहरुको छ। 

भुइँ तलामा रिसेप्सन, पहिलो तलामा रहने रेष्टुरेन्टले भ्यु टावर घुम्न आएकासँगै क्लस्टरमा बस्ने उपभोक्ताहरुले प्रयोग गर्न सक्ने उनले बताए। यस्तै, भ्यु टावरको चौथो र पाँचौ तलामा योग र ध्यान केन्द्र निर्माण गर्ने उनले बताए। 

हरेक दिन पाँच वटा कोर्स सञ्चालन गर्ने गरी तीन महिना चल्ने योगा तथा ध्यान केन्द्र निर्माण गरिने बताइएको छ। हरेक कोर्समा अधिकतम ५० जना अट्ने क्षमता रहेको खड्काले बताए।

दोस्रो र तेस्रो तलामा रहने सेमिनार र वर्कसपमा प्रत्येक तलामा ५० जना व्यक्ति अट्ने क्षमता छ। भ्यूटावरको एक तलामा २५ सय वर्गफीटको सपिङ कम्प्लेक्स निर्माण गरिने कम्पनीले जनाएको छ।