BIZMANDU
www.bizmandu.com

मापदण्डविपरीत हेभी ल्याण्डिङ गरेर जानकारी नदिँदा नेवानिका दुई क्याप्टेनमाथि कारबाही

२०७७ चैत्र २३

मापदण्डविपरीत हेभी ल्याण्डिङ गरेर जानकारी नदिँदा नेवानिका दुई क्याप्टेनमाथि कारबाही
मापदण्डविपरीत हेभी ल्याण्डिङ गरेर जानकारी नदिँदा नेवानिका दुई क्याप्टेनमाथि कारबाही

Tata
GBIME
Nepal Life

काठमाडौं। मापदण्ड विपरीत हेभी ल्याण्डिङ गरेर जानकारी नदिएको आरोपमा नेपाल वायुसेवा निगमले एयरबस-३३० मा कार्यरत क्याप्टेन र को-पाइलटलाई दुई महिनाका लागि ग्राउण्डेड गरेको छ। 

डाटा रेकर्डरबाट अलि ढिला घटना थाहा पाएको निगम व्यवस्थापनले छानबिन कमिटी गठन गरेको थियो। क्याप्टेन महेशमान डंगोल र को-पाइलट सुनील श्रेष्ठलाई कारबाहीस्वरुप तीन महीनाका लागि ग्राउण्डेड गरेको निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले बताए।

'कारबाहीस्वरुप उहाँहरुलाई तीन महीनाको लागि ग्राउण्डेड गराइएको छ,' उनले भने, 'तीन वर्षसम्म उहाँहरुको तलब वृद्धिमा रोक लगाउनुका साथै प्रमोसनमा पनि रोक लगाइएको छ।'  

एयरबस ३३० उडान संचालनका लागि दुई जना पाइट अपग्रेड गरिसकेको र थप दुई पाइलट अपग्रेडको प्रक्रियामा रहेको निगमले जनाएको छ।मापदण्डविपरीत हेभी ल्याण्डिङ गरिएको जहाज 'मकालु' भने अझै पनि ग्राउण्डेड अवस्थामा छ। हेभी ल्याण्डिङ गरेको एक महिनापछि (फेब्रुअरी ९) थाहा पाएपछि क्याप्टेन डंगोल र पाइलट श्रेष्ठलाई कारबाहीका लागि निगमले कमिटी गठन गरेको थियो। गत जनवरी ८ मा कतार-नेपाल अवतरण गर्ने क्रममा एयरबस ३३०(वाइडबडी जहाज) हेभी ल्याण्डिङ गरेर जानकारी नगराएपछि निगमले दुवै जना पाइलटलाई कारवाही गर्ने निर्णय गरेको हो।

एयरबस ३३० किसिमका हेभी जहाज अवतरण गर्दा निश्चित मापदण्ड हुन्छ। स्पिडमा रहेको जहाज अवतरण गर्दा ग्राभिटेसनल फोर्सले तान्छ। एकदम हेभी ल्याण्डिङ भएको अवस्थामा ल्याण्डिङ गियर नै कोल्याप्स हुन्छ। हरेक दिन गरिने हेभी ल्याण्डिङ दिइएको मापदण्डभन्दा माथि भएको अवस्थामा जानकारी दिनुपर्ने हुन्छ। जसले गर्दा जहाजको (इन्जिन, ल्याण्डिङ गियर) अवस्थाबारे सुक्ष्म रूपमा निरीक्षण गर्न सकिने एक प्राविधिकले जानकारी दिए।

'हेभी ल्याण्डिङ कुनै ठूलो कुरो पनि होइन। एकपटक हेभी ल्याण्डिङ भएर थाहा पाएपछि इन्जिन चेक गर्ने गरिन्छ। एरोनोटिकल इन्जिनियरिङले क्लियरेन्स दिएपछि पुनः उडान गर्न मिल्छ,' उनले भने, 'अस्तिको पार्टमा कुनै पनि जानकारी दिइएन। फ्लाइट डाटा रेकर्डरबाट निकालेको रिपोर्ट अनुसार थाहा पाइएको थियो।'