BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा सामान्य गिरावट, सोमबार प्रतितोला ८७ हजार २ सय, चाँदी ५ रूपैयाँ घट्यो

२०७७ चैत्र २३

सुनको मूल्यमा सामान्य गिरावट, सोमबार प्रतितोला ८७ हजार २ सय, चाँदी ५ रूपैयाँ घट्यो
सुनको मूल्यमा सामान्य गिरावट, सोमबार प्रतितोला ८७ हजार २ सय, चाँदी ५ रूपैयाँ घट्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार तोलामा थोरै घटेको छ।

तोलामा २ सय रुपैयाँले घट्दा सोमबारका लागि कारोबार मूल्य प्रतितोला ८७ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा स्थिर थियो।

चाँदी ५ रुपैयाँ घट्दा सोमबार कारोबार मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ भएको छ । आइतबार प्रतितोला १२ सय ४० रुपैयाँमा स्थिर थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १७२५.४९ डलर र चाँदी प्रतिऔंस २४.८२ डलरमा कारोबार भइरहेको छ।