BIZMANDU
www.bizmandu.com

फ्रेन्चाइज खोल्नेका लागि साथी मार्टको आकर्षक योजना, रोयल्टी र फ्रेन्चाइज शुल्क नपर्ने

२०७७ चैत्र २२

फ्रेन्चाइज खोल्नेका लागि साथी मार्टको आकर्षक योजना, रोयल्टी र फ्रेन्चाइज शुल्क नपर्ने
फ्रेन्चाइज खोल्नेका लागि साथी मार्टको आकर्षक योजना, रोयल्टी र फ्रेन्चाइज शुल्क नपर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। चेन सुपरमार्केट साथीमार्टले अबदेखि रोयल्टी नलिने भएको छ। ग्राहक सेवा सञ्चालनलाई मध्यनजर गर्दै फ्रेन्चाइज विस्तारमा आक्रामक कम्पनीले यस अघि लिँदै आएको दुई प्रतिशत रोयल्टी नलिने घोषणा गरेको हो। 

कुनै पनि वस्तुको बिक्री तथा व्यापार वृद्धि गर्नमा केन्द्रीत रहनका लागि यसअघि लिइदै आएको दुई प्रतिशत रोयल्टी नलिने कम्पनीका सीइओ सागर पोखरेलले बताए। 'हाल सीमित अवधिका लागि हाम्रो नेटवर्कमा जोडिनेसँग फ्रेन्चाइज शुल्क समेत नलिने भएका छौं,' उनले भने।  
थप रफतारमा बजार बिस्तार तथा स्टोरलाई सामान उपलब्ध गराउन ग्राहकलाई ३० प्रतिशत सम्म छुट दिन सहज हुने कम्पनीले जनाएको छ। 

मुलुकमै पहिलो पटक ‘ओ टु ओ’ कमर्स (अनलाइन टु अफलाइन) स्टोर संचालन गर्ने उद्देश्यले स्थापित मार्टको हाल ७० वटा आउटलेटहरु सञ्चालनमा छन् भने करिब चार सय जनाले प्रत्यक्ष र ६ सय जनाभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाइरहेका छन्। 

कम्पनीले साथी प्रोडक्सनमार्फत अचार, ड्राइफुड, चिया, कफी, दाल, चामल, घ्यु गुन्द्रुक, साबुन, डिटर्जेन्ट पाउडर लगायत दुई सयभन्दा बढी उत्पादन आउटलेट-आउटलेट बिक्री वितरण गर्दै आएको पोखरेलले जानकारी दिए। 

कम्पनीले निकट भविष्यमा अनलाइन सपिङमार्फत स्टोरबाटै दैनिक होम डेलिभरी सुविधा दिने र आकर्षक योजनामार्फत ब्रान्डिङ, विज्ञापन गर्ने तयारी गरिसकेको उनले बताए। कम्पनीले युनिलिभर, डाबर, पीएनजी, जिलेट, ओले, ह्विस्पर, ब्रिटानिया, केलोक्स, हर्लिक्स, सेन्सोडाइन तथा अन्य ३० भन्दा बढी वस्तुहरुको आधिकारिक डिस्ट्रिव्युटरसीपको काम गर्दै आएको छ। 

मार्टले बजार बिस्तारका लागि पुराना मार्टसँग मर्जर तथा नयाँ शाखा खोली काठमाडौंमा आउटलेट संख्या दुई सय वटा पुर्‍याउने योजना रहेको जनाएको छ।