BIZMANDU
www.bizmandu.com

चन्द्रागिरिले १४ करोड रुपैयाँमा जग्गा बिक्री गर्दै, नचाहिने जग्गा बेचेर बैंक ऋण घटाउने रणनीति

२०७७ चैत्र २२

Tata
GBIME
Nepal Life

काठमाडौं। चन्द्रागिरि हिल्सले आफ्नो स्वामित्वमा रहेको जग्गा बिक्री गर्ने भएको छ। थानकोटस्थित त्रिभुवनपार्कसँगै जोडिएको जग्गा बिक्रीमा राखेको हो।

कम्पनीले सात रोपनी ३ आना २ पैसा जग्गा बिक्रीमा राखेको हो। कम्पनीले परियोजना विकास गर्नका लागि लिएको जग्गा अहिले काममा नआउने भएपछि बिक्री गर्न लागेको हो।

त्यो बेला कम्पनीले रोपनीको ६० लाख रुपैयाँका दरले जग्गा किनेको थियो। यसको सालाखाला मूल्य सवा चार करोड रुपैयाँ थियो। अहिले जग्गाको भाउ बढेर आनाकै १२ लाख रुपैयाँ पुगेको छ।

आनामा हिसाब गर्दा यो जग्गा करिव ११६ आना हुन आउँछ। १२ लाख रुपैयाँका दरले बिक्री भएमा कम्पनीलाई १४ करोड रुपैयाँ आउने छ। 

'बेस स्टेन बनाउने र पार्किङ त्यहीँ राख्ने भनेर सुरुमा जग्गा किनिएको थियो। पछि बेस स्टेसन र पार्किङ माथि सर्यो' कम्पनी स्रोतले भन्यो, 'तलको जग्गा काम नहुने भएपछि बिक्री गर्न लागिएको हो।'

उनका अनुसार, जग्गा त्यतिकै राख्नुभन्दा बिक्रीगरेर बैंक ऋण घटाउने रणनीति अनुसार बिक्री गर्न लागिएको हो। कम्पनी अन्तर्गत चन्द्रागिरि नगरपालिकामा केवलकार र होटल सञ्चालनमा छ। कम्पनीले केही समयअघि साधारण सेयर बिक्री गरेको थियो। अहिले कम्पनीको सेयर मूल्य २ हजार रुपैयाँभन्दा माथि छ।