BIZMANDU
www.bizmandu.com

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइनमा पर्ने जग्गाको मुआब्जा लिन लमजुङबासीलाई आग्रह

२०७७ चैत्र २१

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइनमा पर्ने जग्गाको मुआब्जा लिन लमजुङबासीलाई आग्रह
मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइनमा पर्ने जग्गाको मुआब्जा लिन लमजुङबासीलाई आग्रह

Tata
GBIME

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनामा पर्ने जग्गाको मुआब्जा लिन जग्गाधनीहरुलाई सार्वजनिक सूचना प्रकाशन गरेको छ।

उक्त आयोजना अन्तर्गत उदीपुर-भरतपुर खण्डको लमजुङमा पर्ने जग्गाको मुआब्जा लिन जिल्ला प्रशासन कार्यालय लमजुङमार्फत सूचना जारी गरेको हो। 

प्रसारण लाइनको 'राइट अफ वे' मा पर्ने टावरबाट दायाँ बायाँ १५/१५ मिटरले छुने जग्गाको क्षतिपूर्ति दिन लागिएको हो।

लमजुङमा पर्ने साबिकका गाविसहरु उदीपुर, चिति, अर्चलबोट, भारते, भोटेओडार,सुन्दरबजार, तार्कुघाट र धमिलिकुवा अन्तर्गतका जग्गाधनीहरुले आफूले हकभोग गरिरहेको प्रमाणसहित सम्पर्क राख्न जिल्ला प्रशासनले आग्रह गरेको छ।

यसका साथै सार्वजनिक सूचना जारी भएपछि प्रसारणलाइनको मार्गमा भौतिक संरचना नबनाउन र रुख बिरुवाहरु नरोप्न पनि प्रशासनले आग्रह गरेको छ। 

सूचनालाई अटेर गरि कसैले जबर्जस्ती भौतिक संरचना बनाएमा त्यसबाट हुने क्षतिको जिम्मेवार पनि स्वयम् जग्गाधनी नै हुने प्रशासनले जनाएको छ।