भारतीय गाडी उत्पादक कम्पनी फक्सवागन इण्डियाले स्पोर्ट्स युटिलिटी भेहिकल (एसयुभी) सेगमेन्ट अन्तर्गत फक्सवागन टि-रकको दोस्रो संस्करण सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार भारतमा यो गाडीको आधिकारीक बजार मूल्य २१ लाख ३५ हजार भारतीय रुपैयाँ निर्धारण गरिएको छ।
यस अघि कम्पनीले सन् २०२० मार्चमा यही गाडीको पहिलो संस्करण सार्वजनिक गरेको थियो।
त्यतिखेर करिब २० लाख भारतीय रुपैयाँ निर्धारण गरिएको गाडी दोस्रो संस्करणमा आइपुगेसँगै एक लाख ३६ हजार भारतीय रुपैयाँले बृद्धि भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो गाडी कम्प्लिट्ली विल्ट युनिट (सिबीयु) अन्तर्गत नै उत्पादन हुँदै आएको छ भने अनलाइनमार्फत बुकिङ लिन सुरु गरिएको छ। आउँदो मे महिनादेखि यो गाडीको डेलिभरी सुरु हुने कम्पनीले जनाएको छ।
१.५६ लिटरको टिएसआइ इभो (टर्बोचार्ज्ड स्टार्टीफाइड इन्जिन) परेट्रोल इन्जिन युक्त गाडीमा १४७ ब्रेकिङ हर्स पावर र २५० नुटन मिटर पिक टर्क क्षमता रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार गाडीमा जडान गरिएको मोटरमा अटोमेटिक ट्रान्समिसनयुक्त सात स्पिड डाइरेक्ट सिफ्ट गियर बक्स (डिएसजी) समावेश गरिएको छ। ८.४ सेकेण्डमा प्रतिघण्टा अधिकतम एक सय किलोमिटर पावर जेनरेट क्षमता भएको गाडीमा प्रतिपघण्टा अधिकतम दुई सय पाँच किलोमीटर स्पिड जेनरेट गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ।
सिलिण्डर डियाक्टिभेसन प्रविधी जडान गरिएको गाडीमा एलइडी डे टाइम रनिङ लाइट, प्रोजेक्टर लेन्स हेडल्याम्प, पानारोमिक सनरुफ, अल टोन अलोइ व्हिल, अटोफ क्लाइमेट कन्ट्रोल, टचस्क्रिन इनफोटेन्मेन्ट सिस्टम, भर्चुअल ककपिट लगषायतका सुविधा जडान गरिएको कम्पनीले जनाएको छ।
स्पोर्टी आवरणमा तयार गरिएको गाडीको लम्बाई ४२२९ मिलीमीटर 'एमएइम' रहेको छ भने व्हिल बेस २५९५ एमएम रहेको छ। राम्रो क्याविन स्पेस रहेको गाडीमा चालक र यात्रु सुरक्षालाई मध्यनजर गर्दै छवटा एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, टायर प्रेसर मनिटरीङ सिस्टम लगायत विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ।