BIZMANDU
www.bizmandu.com

एमजी साइबरस्टर इभीको डिजाइन सार्वजनिक, एकपटकको चार्जमा ८०० किमि चल्ने कस्तो हुनेछ यो कार?

२०७७ चैत्र १८

एमजी साइबरस्टर इभीको डिजाइन सार्वजनिक, एकपटकको चार्जमा ८०० किमि चल्ने कस्तो हुनेछ यो कार?
एमजी साइबरस्टर इभीको डिजाइन सार्वजनिक, एकपटकको चार्जमा ८०० किमि चल्ने कस्तो हुनेछ यो कार?

Tata
GBIME
Nepal Life

एमजी मोटर्सले बजारमा ल्याउन लागेको इलेक्ट्रिक स्पोर्ट्स कार 'साइबरस्टर' को डिजाइन बुधबार सार्वजनिक गरेको छ। साइक मोटर्स युरोपको सहायक भारतीय कम्पनी एमजी मोटर इण्डियाले साइबरस्टर कस्तो छ भन्ने सार्वजनिक गरेको हो।  

'इलेक्ट्कल भेहिकल'(इभी) अन्तर्गत नयाँ संस्करण उत्पादनका लागि कम्पनीले गाडीको डिजाइन तयार पारेको जनाएको छ। यस अघि कम्पनीले बाहिरी आवरण सार्वजनिक गर्दा स्पोर्ट्सकारमा रुचि राख्नेहरूको चासोमा परेको थियो। अत्याधुनिक प्रविधियुक्त यो गाडी पावरफुल हुने कम्पनीले जनाएको छ।

दुई वटा मात्रै ढोका रहेको यो विद्युतीय गाडीमा हालसम्मकै सुपरकारमध्येमै पहिलो पटक गेमिङ ककपीट राखिएको कम्पनीले दाबी गरेको छ। 

'एमजी साइबरस्टार' मा फाइभ-जी कनेक्टिभीटीसहितको कार कनेक्टेड टेक्नोलोजी रहने कम्पनीले जनाएको छ। सार्वजनिक गरिएको टिजर अनुसार साइबरस्टर इभी स्पोर्ट्स कारमा गेमप्याडसहितको सेट्रेङ व्हिल र दुईवटा जेरो ग्राभिटी स्पोर्ट्स सिट समावेश गरिएको छ।

यो इभीको इन्टेरियरले डिजिटल इन्टेलिजेन्सको भर्चुअल र रियालिटी प्रतिविम्बित गर्नेछ। डिजीटल फाइबर अवधारणामा तयार गर्न लागिएको गाडीको ककपिटमा ठूलो एलइडी राखेको जनाइएको छ। 

नवीनतम प्रविधि प्रयोगमार्फत डिजाइन गरिएको गाडीमा फोर-डी बटन्स समावेश गरिएको छ। कम्पनीका अनुसार गाडीको बाह्य आवरण अन्तर्गत अगाडिको भागमा ओभल इन्टरियाक्टिभ हेडलाइट जडान गरिएको छ भने पछाडिको भागमा सिग्नेचर एलइडी टेल लाइट्ससहित फ्लाटन्ड टेल समावेश गरिएको छ।

यसको डिजाइन एमजीको ग्लोबल टिमले गरेको हो। एकपटकको चार्जमा ८०० किलोमिटर कुदाउन सकिने यो स्पोर्ट्सकार ३ सेकेन्डमै एक सय किलोमिटर प्रतिघन्टाको गति दिने कम्पनीको दाबी छ। साइबरस्टरको मूल्य कति हुने र बजारमा कहिलेदेखि ल्याउने भन्ने मिति कम्पनीले खुलाइसकेको छैन।